दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

यही वर्षभित्र संविधान संशोधन भएन भने हामी सरकारबाट बाहिरिन्छौं : यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २, मंगलवार १२:०५

काठमाडौं, २ असोज ।सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी २ बुँदे सम्झौता गरेर सरकारमा गएको छ । जबसम्म संविधान संशोधन हुँदैन्, तबसम्म यो सर्वस्विकार्य हुँदैन् ।’

नेता यादवले आफ्नो पार्टीले भोलिको संविधान दिवसलाई दिवसको रुपमा पनि नमनाउने र कालो दिवसपनि नमनाउने स्पष्ट पारे । उनले भने,‘न हामी दिवस मनाउँछौं । न त कालो दिवस नै । अहिलेपनि संविधानमा हाम्रो असन्तुष्टि छ । खास गरेर सिमांकनको कुरामा हाम्रो असन्तुष्टि छ । हामीले १० प्लस हुनुपर्छ भनेका छौं ।’

संविधानमा नागरिकतालगायत धेरै प्रावधानमा आफूहरुको असन्तुष्टि रहेको जनाउँदै उनले संविधान संशोधन भएपछिमात्रै ३ करोड नेपालीहरु खुशी हुने जनाए । उनले भने,‘हाम्रो पार्टी संविधान संशोधन गराउनकै लागि सरकारमा गएको हो । हामीसँग प्रधानमन्त्रीले लिखित सम्झौता गर्नुभएको छ । उहाँले हामीसँगको व्यक्तिगत भेटघाटमा हामीले टेन्शनमा संविधान संशोधन गर्यौं भन्नुभएको छ । उहाँलेपनि कमजोरी छ भनेर स्विकार गर्नुभएको छ । संविधान हडबडमा ल्याएकोले गडबड छ।’

उनले यही वर्षभित्र संविधान संशोधन नभए आफ्नो पार्टी सरकारबाट बाहिरिनेपनि चेतावनी दिए । उनले भने,‘संविधान संशोधन नभए हाम्रो पार्टी एक सेकेण्डपनि सरकारमा बस्दैन् । यो वर्षभित्र संशोधन हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’

उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीका नेता मुख्यमन्त्री रहेकोले भोलि प्रदेश सभामा मनाउने संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु