काठमाडौं, २ असोज – मलेसियामा विषाक्त रक्सी खाएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। उपचारको क्रममा रहेका थप व्यक्तिको मृत्यु भएको हो। सोमबार राति रक्सी खाएर गम्भीर बिरामी परेका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।
उनीहरुले तीन वटा रक्सी खाएको पाइएको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाए अनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएकाहरु उनीहरु बिरामी भएका हुन्। २२ जनाको सुङ्गई बुल्होमा उपचारका लागि भर्ना भएकामा ७ जनाको ज्यान गएको छ। गोम्बाकमा ४ र काजाङमा ४ जनाको ज्यान गएको छ। दुई जनाको कलाङर शाह आलमा उपचार भइरहेको छ। अचानक मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको मलेसिया प्रहरीले जनाएको छ। तिनीहरू सुङ्गई बुलो अस्पताल, ब्यान्टिंग अस्पताल र क्वालालम्पुर अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भैरहेको छ। यसअघि ज्यान गुमाउने ७ जनामध्ये ४ जना नेपाली थिए। पछिल्लो पटक थपिएकाको बारेमा भने केही खुलाइएको छैन।
१९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन र २ बंगलादेशी नागरिक बिरामी छन्। रक्सी खाएर ज्यान गुमाउनेजस्तै लक्षण बिरामीमा पनि देखिएको छ। विरामीहरुमा बान्ता आउने, रिंगटा लाग्ने लगायत लक्षणहरु देखिएको छ। घटनाबारे नेपाली दूतावास मलेसियाले बुभmिरहेको र यथासक्य छिट्टै सबै जानकारी सार्वजनिक गर्ने बताएको छ ।
-श्राेतः janasawal.com