स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

३३ किलो सुनकाण्डमा एसपी खनाल पनि तारेखमा छुटे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ३, बुधबार ०५:१८

मोरङ– उच्च अदालत विराटनगरले निलम्बित एसपी खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो । साढे ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका हुन् । उच्च अदालत विराटनगरका न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको संयुक्त इजलाशले खनाललाई सादा तारेखमा राखेर रिहा गर्ने आदेश गरेको हो । जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका खनालले तत्कालीन मुलुकी ऐनअन्तर्गत अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत विरटानगरमा निवेदन दिएका थिए ।

उच्च अदालत विराटनगरले तत्काल प्राप्त प्रमाणबाट खनाललाई थुनामा राखिराख्नुपर्ने कारण नदेखिएकाले तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेर उच्च अदालतले रिहा गरेका निलम्बित प्रहरी अधिकारीमा खनाल तेस्रो हुन् ।

उच्च अदालत विराटनगरले गएको शुक्रबार प्रहरीका निलम्बित वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तथा आइतबार निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । अदालतमा २१ वटा मुद्दा पेशी चढेकोमा एउटा सुनुवाई भएको हो भने ६ वटा स्थगित भएको छ । अन्य १४ वटा मुद्दा हेर्न नभ्याइएको जिल्ला अदालतका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु