नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

मार्चमा नेपालका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ३ गते, बुधबार ०५:३४

काठमाडौं – लगानी बोर्डले नेपालका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आउँदो मार्च महिनामा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको ३२ औँ बैठकले यो निर्णय गरेको हो । त्यस्तै बोर्ड बैठकले पश्चिम सेतीमा चाइनाको थ्री गर्जेजले निर्माणमा अनिच्छा देखाएपछि यो परियोजनालाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा मोडालिटी बनाउन उर्जा, अर्थ र उद्योगमन्त्री सम्मिलित उच्चस्तरीय समिति बनाउने निर्णयसमेत गरेको छ । समितिको सचिवालय लगानी बोर्डको कार्यालय नै हुने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै औद्योगिक पूर्वाधारको अभावले विकास निर्माणको समय लम्बिने, लागत बढ्ने गरेको बिषयलाई मध्यनजÞर गर्दै पूर्वाधार निर्माणको जिम्मा पनि विकास निर्माण कर्तालाई बनाउन दिने र त्यसको शोधभर्ना नेपाल सरकारले उपलब्ध गराउने गरी कार्य बिधि बनाउन लगानी बोर्डलाई निर्देशन दिइएको छ । यस्तो कार्य्विधिलाई मन्त्रिपरिषदको बैठकले निर्णय गरी लागू गराउने पनि बोर्डको बैठकले निर्णय गरेको छ । त्यस्तै, जापान क्लब इन्टरनेशनलले होटल निर्माणको लागि गरेको प्रस्ताव बोर्ड बैठकले स्वीकृत गरेको छ। जापान क्लब इन्टरनेशनलले काठमाडौँ, भक्तपुर र पोखरामा होटल निर्माण गर्ने प्रस्ताव गरेको छ । १३ अर्ब ९० करोडको लगानीमा ३ वटा होटल बनाउने गरी प्रस्ताव गरेको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु