आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

कतारमा सरकारी संयन्त्रमार्फत कामदार लैजान मन्त्री विष्टको प्रस्ताव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ३ गते, बुधबार ०५:५९

काठमाडौ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी सोही माध्यमबाट कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्न नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहमद अल हेललाई आग्रह गरेका छन् । श्रम मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री विष्टले दुई देश विच सरकारी संयन्त्र तयार गरि कामदार आपूर्ति व्यवस्था सहज बनाउनुपर्नेमा जोड दिएका हुन् । मन्त्री विष्टले कतारमा कामदारहरु शून्य लागतमा पठाउने व्यवस्था गरि नेपाली श्रमिकहरुलाई २४ सै घण्टाको कभरेज हुनेगरी बीमा सुविधा उपलब्ध गराउनुपर्ने जोड दिएका छन् । यसका लागि नेपालको तर्फवाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षा व्यक्त गरे ।

भेटका अवसरमा नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र संभावना बारे विस्तृत छलफल भएको छ । उक्त अवसरमा कतारमा नेपाली श्रमिकको न्यूनतम वेतन वृद्धि, कामदारहरुको वीमा लगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा केन्द्रित भएको श्रम मन्त्रालयले जनाएको छ । आगामी दिनमा दुई देशबीच उच्च स्तरीय सम्झौता गरी श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्या्दित बनाउने सन्दर्भमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।

भेटकै अवसरमा महामहिम राजदुतले कामदारको शून्य लागतको विषयमा कतार सरकार सकारात्मक रहेको, सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको बताएका छन् । कतारमा घरेलु कामदारको अत्याधिक माग रहेकोले हाल रोक्का रहेको घरेलु कामदारको आपूर्तिलाई सहज गराउन मन्त्री विष्टको ध्यानाकर्षण गराएका छन् । राजदुत हेलले कामदारको सुरक्षाको विषयमा कतार सरकार जिम्मेवारीपूर्वक अघि बढ्ने बताए ।

कतारमा कुन प्रकारको जनशक्ति आवश्यक छ सोही प्रकारको जनशक्ति विकास गरी पठाउन नेपाल सरकार तयार रहेको बताए । कुनै पनि म्यानपावर कम्पनीबाट कामदार ठगीन नपाउने गरी कतार सरकार र नेपाल सरकार वीच नयाँ ढंगाले श्रम सम्झौता गरी कार्य अघि बढाउनु पर्नेमा मन्त्री विष्टले जोड दिए । साथै मन्त्री विष्टले कतारमा नेपाली श्रमिकले पाउँदै आएको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्न अनुरोध गरेका छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु