ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश (विज्ञप्ति सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ३, बुधबार ०७:४४

असोज ३। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको महत्वपूर्ण दिनको अवसरमा आज असोज ३ गते हामी हर्षोल्लासपूर्वक संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस घडीमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्‌भाव र सहकार्य कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधान जारी भएपश्चात संवैधानिक प्रावधानको मर्म र भावना बमोजिम स्थानीय तह र प्रदेश एवं संघीय संसदको निर्वाचनसम्पन्न भएको छ । बहुलवाद र बालिग मताधिकारका आधारमा भएको निर्वाचनबाट जननिर्वाचित संस्थाहरू गठन भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको छ । मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउने संवैधानिक मार्गचित्रले मूर्त रूप लिने वातावरण बन्नु सबैका निमित्त खुशीको विषय हो भन्ने मैले ठानेको छु । यसका निमित्त देशमा क्रियाशील सबै राजनीतिक दल, जनप्रतिनिधि, आमजनतालगायत सम्बद्ध सबै पक्षलाई यस ऐतिहासिक अवसरमा पुनः बधाई एवं धन्यवाद दिन चाहन्छु ।
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।

सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको यस महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अंग र आमनागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ । आजको दिनले सम्बद्ध सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षा लिएको छु ।
अन्तमा, नेपाली जनताको लामो संघर्ष, बलिदान र दृढ संकल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र देशविदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई म आव्हान गर्दछु ।

धन्यवाद !
मितिः २०७५ साल असोज ३ गते बुधबार ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु