एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

सरकार–यातायात व्यवसायी विवाद : चेपुवामा जनता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ३ गते, बुधबार १०:४५

काठमाडौँ – विगत लामो समयदेखि चलिरहेको यातायात व्यवसायी र सरकारबीचको विवादको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् ।

लामो समयदेखिको अन्यौल अन्त्य गर्दै सरकार र यातायात व्यवसायी असोज ५ देखि टिकट बुकिङ खुला गर्ने सहमति पुगेका थिए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए दशैँका लागि अग्रिम टिकट बुकिङ नखोल्ने चेतावनी दिएपछि अग्रिम टिकट बुकिङमा फेरि अन्यौलता देखिएको हो। सरकार र यातायात व्यवसायीको विवादले दशैँ मनाउन  उपत्यका बाहिर जाने तयारीमा रहेका हजारौँ सर्वसाधारण अन्यौलमा परेको छन्।

भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासङ्घबीचको बैठकले असोज ५ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो। तर सरकारले असोज १ गते राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएपछि महासंघ बिच्किएको छ।

सरकारले पेट्रोलमा दुई र डिजेल तथा मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको छ। महासङ्घले मङ्गलबार साँझ प्रेस विज्ञप्ति जारी गरी चाडबाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएकोे भन्दै फिर्ता लिन चेतावनी दिएको हो।

महासंघका महासचिव सरोज सिटौला सरकारले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई दुःख दिन खोजेको र अग्रिम बुकिङको लागि असहज बनाएको बताउँछन्। ‘मूल्यवृद्धि फिर्ता नगरेसम्म हामीले कसरी अग्रिम टिकट बुकिङ खोल्नु यो त सक्दै नसकिने कुरा हो’ उनले भने। महासंघले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए अग्रिम टिकट बुकिङ नखोल्ने जनाएको छ।

हप्तौको वार्तापछि किनारा लागेको विषय फेरि पनि खोलाको बीचमै पुगरे अड्केको छ। यसअघि भाडा समायोजन, रोक्का गरिएको बैंक खाता खोल्नुपर्नेलगायतका माग गर्दै व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्न मानेका थिएनन्। भदौ ३१ गते यस विषयमा सहमति जुटेपछि अग्रिम बुकिङ खुल्ने भएको थियो। तर, व्यवसायीले अहिले फेरि अर्को बखेडा झिक्दै अग्रिम बुकिङलाई अनिश्चित बनाएका छन् ।

यसको प्रत्यक्ष मारमा भने सर्वसाधारण परेका छन्। पहुँच भएकाहरूले पहिले नै भित्रभित्रै बुकिङ गरिसकेको र सोझा जनता भने हेरेको हेरै भएको सर्वसाधारणको भनाई छ। ५ गतेबाट अग्रिम बुकिङ खोल्ने भने पनि पहुँच भएकाहरू र कालोबजारीहरूले भित्रभित्रै सबै टिकट बुकिङ गरिसकेको गुनासो समेत आउन थालेको छ। यसरी सरकारले महिनैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विषयलाई लिएर व्यवसायीले बार्गेनिङ गरेपछि सर्वसाधारणमा दशैँमा घर जान पाइने हो नि होइन भन्ने चिन्ता बढेको छ।

श्राेतः hakahakionline.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु