दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दामोदर खतिवडा को अभिनय भएको “डोली”चलचित्र को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ बोलको गीत सार्वजानिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ४ गते, बिहीबार ९:२२

काठमाडौँ – किरण नेपालीको चलचित्र “डोली”को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ बोलको गीत सार्वजानिक भएको छ । लोक प्याटनमा तयार भएको यो गीतमा किशोर खतिवडा,पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान तथा संगिता नापित लगायतका कलाकारहरु फिचरिड भएका छन् । छायांकन सकिएको छोटो समयमा नै दर्शकमाझ पहिलो गित बजारमा आएको हो ।

मंसिर २८ गतेलाई रिलिज डेट तोकिएको “डोली”को यो गीत केही समय अगाडी रिलिज गरिने भनिएता पनि निर्माता किरणलाई सोहि समयमा पितृ शोक पछि यो गीतको रिलिज समयम केही दिन लम्बिएको निर्माण टिमले बताएको छ । समसामयिक बिषय बस्तुलाई उठाएर निर्माण गरिएको यो चलचित्रमा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ ।

सार्वजानिक गीतमा हरि उप्रेतीको शब्द रहेको छ भने संगित तथा स्वरमा सि.डि बिजय अधिकारीको रहेको छ भने मेलिना राईले पनि स्वर दिएकी छिन् । श्री कृष्ण परियारको नृत्य रहेको यो गितले छोटो समयमा नै दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । चलचित्रमा अर्जुन गुरुड, नविन रेग्मी,हिमवाला गौतम,दामोदर खतिवडा,प्रशान्त भण्डारी तथा सतिश खत्रिको पनि अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु