डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

लोकतन्त्रका मूल्यमान्यताप्रति नेपाल प्रतिबद्ध : राष्ट्रपति भण्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ४, बिहीबार ०३:४९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता, कानूनको शासन, मानवअधिकार र लोकतन्त्रका सबै मूल्यमान्यताप्रति नेपाल सदैव प्रतिबद्ध रहिआएको बताएकी छन् ।  नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका लागि राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित स्वागत समारोहमा उनले नेपाल असंलग्न आन्दोलनको संस्थापक र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सहयोग सङ्गठनको अवधारणाप्रति प्रतिबद्ध रहिआएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘हामी यस क्षेत्रका राष्ट्रहरुसँग मिलेर आर्थिक विकास लगायतका साझा चासोबाट लाभान्वित हुन चाहन्छौँ । विश्वका सबै मुलुकसँग पञ्चशीलका आधारमा शान्तिपूर्ण सुमधुर सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छौँ ।’ विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल रहेको यस धर्ती नेपालका जनता शान्ति, सद्भाव र भ्रातृत्वको पक्षमा सदैव उभिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसङ्घको बडापत्र र त्यसको नीतिप्रति हाम्रो पूर्ण सम्मान रहिआएको बताइन् ।

नेपालको संविधान लोकतन्त्रका आधारभूत मान्यताहरु वाक तथा प्रकाशन स्वतन्त्रता, मौलिक हक, जनतमा निहित सार्वभौमसत्ता, मानवअधिकार र सामाजिक न्यायका लागि नेपाली जनताको आकाङ्क्ष र अथक सङ्घर्षको प्रतिफलका रुपमा रहेको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् । उनले देशको सामाजिक, आर्थिक विकासलाई केन्द्रविन्दुमा राखी अघि बढ्न तीनै तहका जनप्रतिनिधिसहित सबै तह र तप्काका नागरिकलाई आह्वानसमेत गरेकी छन् । यसअघि राष्ट्रपति भवनमा आज साँझ नेपालको विविध सांस्कृतिक वेशभूषा र रहनसहन झल्कने शास्त्रीय गान, गणेश बन्दना, घाटु नाच, सेब्रु नाच, छलिया नाच, सामा चकेवा नाच, लोक धुन (सारंगी वादन), झ्याउरे नाच, तामाङ सेलो नाच, सतार नाच र सिङ्गारु नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपालसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

उक्त विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेना उपस्थिति थिए । उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, उद्योगी, व्यापारी, समाजसेवी तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको पनि सो अवसरमा उपस्थिति थियो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु