पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया तामाङ निर्वाचित 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ४ गते, बिहीबार ०७:०९

तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया तामाङ निर्वाचित भएकी छन् । समाजको प्रथम अधिवेशनबाट सानुमायाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष ब्रजेश मोक्तान, उपाध्यक्ष सुमित्रा योञ्जन, महासचिव बुद्धिमान तामाङ, सचिव विनिता तामाङ, कोषाध्यक्ष फुरु लामा तामाङ, सह कोषाध्यक्ष सजुन थोकर तामाङ, बोर्ड अफ डाइरेक्टर उनिशा थिङ, रिनु लामा तामाङ, विष्णुमाया मोक्तान तामाङ, रोजबहादुर घिसिङ, अरुणा रुम्बा तामाङ, विष्णु तामाङ, दिपेन्शा लामा तामाङ र तुलबहादुर तामाङ रहेका छन् ।

समाजको बिधान अनुसार १९ सदस्यीय कार्यसमितिमा निर्वाचत अध्यक्षले ३ जनालाई मनोनित गर्ने प्रावधान रहेको छ । समाजको अधिवेशनको निर्वाचन प्रमुख भरत मोक्तान रहेका थिए ।

निर्वाचित अध्यक्ष सानुमायाले तामाङ समाज अमेरिकाले तामाङ समुदायको मौलिक संस्कृतिलाई निरन्तरता दिँदै नेपाल र नेपालीको पहिचानलाई प्रवासमा स्थापना गर्ने अभियानमा नेतृत्वदायि भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकी छन् ।न्युज लाईन्स मिडिया को तर्फबाट सानू माया तामाङ लाई सफलकार्यकालको  शुभकामना ।

अक्कल बहादुर तामाङ
काठमाडौ, कपन
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु