ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

संसदीय समितिका १० वटै समितिका सभापति निर्बिरोध निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ५, शुक्रबार ०४:२४

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी परेको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाहको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवारी दिनेमध्ये आठ जना नेकपाका सांसद हुन् भने श्रीवास्तव सङ्घीय समाजवादी फोरम र शाह नेपाली काँग्रेसका हुन् ।  सभापति पदमा उम्मेदवारी दिनका लागि बिहिबार बिहान ११ देखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । दश वटै विषयगत समितिका सभापति शुक्रबार बिहान ११ बस्ने तत् समितिको बैठकले निर्वाचित भएको घोषणा गर्ने छ ।

श्राेतः Janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु