नेपाली जनसम्पर्क समिति दक्षिण पश्चिम क्षेत्र हैद्राबाद तेलंगाना भारतको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार ०५:२९

नेपाली कांग्रेस निकट भातृ संगठन नेपाली जनसम्पर्क समिती भारत अन्तर्गत दक्षिण पश्चिम क्षेत्रको अधिवेशन यहि मिति १६/१७ सेप्टेम्बर का दिन हैद्राबाद महानगरमा सम्मपन्न भयो सो अधिवेशन क्षेत्रीय कार्यवाहक अध्यक्ष श्री राज ब.कुवर अध्यक्षता सुरु भएको कार्यक्रमको संचालन क्षेत्रीय महासचिव श्री नन्दा बोगटी ले गर्नु भएको थियोे ।

अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस आमन्त्रित सदस्य एंव ने.ज.स केन्द्रिय सभापति श्री बालकृष्ण पाण्डे ज्यु, ले प्रबासमा हामी  सबै   मिलि सेवाको भाबनाले  काम गरदै सङठ्नको  बिस्तार गदै बि पि ले देखाएको बाटोमा हिडन अनुरोध गर्नु भयो ।  १३बर्ष  निर्मला पन्त को बलात्कार पछि हत्याको निन्दा गर्दै दोशिलाई  कारर्बाही को माग गर्नु भयो । समितिले  देश र पाटीको  लागी सदा काम गर्दै आएको तर पाटी ले न्याय नगरेको ले अब सबै मिलि  आफ्ना माग पुरा गराउन आफु लागि परेको जानकारी दिनु भयो ।

नेपालमा नेपाली कांग्रेस अब आपासमा झगडा गरेर होइन मिलेर काम गर्न सबै नेताजी हरुला आग्रह गर्नु भयो अथिती नेपाली कांग्रेस महासमिति सदस्य श्री बल बहादुर कुवर ,अथिती अछाम जिल्ला पार्टी उपसभापति श्री चन्द्र प्रसाद ढुंगाना, ने.बि.स केन्द्रीय सहमहामन्त्री एंव महासमिति सदस्य अम्बिका चलाउने ,महाअधिवेशन प्रतिनिधि हर्कमान स्वार ,भुपु अछाम जिल्ला पार्टी  सचिव टेक बहादुर साउद ,कैलाली जिल्ला क्षेत्रीय अध्यक्ष देवानन्द जैशी ,अछाम जिल्ला सदस्य पुर्ण बि क ,केन्द्रिय उपाध्यक्ष कान्ती प्रसाद धमाला ,महाअधिवेशन प्रतिनिधि जनक बोगटी ,चन्द्रकान्त आचार्य ,केन्द्रिय कमिटी बाट खडक सिं बम ,पहराम बिष्ट ,नैन सिं बिष्ट ,कम्मान सिं भण्डारी  ,ने बि स अछाम जिल्ला सचिव बम बहादुर स्वार ,दलित संघ उपाध्यक्ष जनक बि क ,समाजसेवी भरत रावल ,विभिन्न प्रतिपक्ष दलका प्रतिनिधिहरु ,लोकप्रिय राष्ट्रिय कलाकार जनक कार्की ,संगिता शाही, स्थानीय कलाकार प्रदिप बटाला ,नर बहदुर भण्डारी , समाजसेवी ,बुद्धिजीवी ,विद्यार्थी ,महिलाहरु का साथै संगठन प्रति आस्थावान हैद्राबाद बासी आम नेपाली जनसमुदाय हरुको उपस्तिथिमा उद्घाटन भएको अधिवेशन विभिन्न कार्यक्रमका साथ भव्य रुपमा सफल भएको थियोे ।

कलाकार हरुको मनोरञ्जनात्मक प्रस्तुति र नेतागण हरुको संगठन प्रती ,पार्टी प्रती र देश प्रतीको सकारात्मक सन्देशका साथ खुल्ला सभा सम्पन्न भएको थियो ।

संगठन को लागी एकता नै बल र सहमति नै सहजको बाटो हो भन्ने  नाराका साथ जिम्मेवार साथीहरूको विशेष पहलले एतिहासिक अधिवेशन बाट  श्री गोविन्द भण्डारी को नेतृत्व मा पुर्ण क्षेत्रीय समिति सर्वसहमत बाट चयन गरियो । यस एतिहासिक निर्णय प्रती जिम्मेवार साथीहरूलाई र अतिथि  हरुलाई हिर्दय देखी धन्यवाद दिदै नवनिर्वाचित कार्यसमिति लाई सफल कार्यकालको हार्दिक  सुभकामना छ साथै अधिवेशन मा सहयोगी र शुभचिन्तक  सम्पूर्ण लाई धन्यवाद प्रदान गरेको  छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु