एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

निर्माण व्यवसायी महासंघको अधिवेशनमा सिंहको नेतृत्वमा प्यानल घोषणा (नामसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ५ गते, शुक्रबार ०८:३०

काठमाडौं, ५ असोज । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा अध्यक्षका उम्मेदवार रवि सिंहले आफ्नो प्यानल घोषणा गरेका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सिंहले आफ्नो नेतृत्वमा चुनावी समुह अघि पनि सारेका छन् । उनको प्यानलमा बरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे, महासचिवमा हुमनाथ कोइराला, प्रदेश नम्बर ३ मा उपाध्यक्षको लागि पेम्बा लामा, ४ नम्बर प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहाडी, ५ नम्बर प्रदेशको उपाध्यक्षमा रुद्र शर्मा, ६ नम्बर प्रदेशको उपाध्यक्षमा रत्न खड्का, ७ नम्बर प्रदेशको उपाध्यक्षमा टेकबहादुर सेट्ठी रहेका छन् ।

त्यस्तै उप–महासचिवमा नीतिगततर्फ सुर्य तिमिल्सिना, आन्तरिकमा नरहरि थपलिया, कोषाध्यक्षमा हिरण श्रेष्ठ र सह–कोषाध्यक्ष सरस्वती कार्की रहेका छन् । १ र २ नम्बर प्रदेशमा छलफल भैरहेकाले अहिले नै उम्मेदवारी तय नभएको सिंहले जानकारी दिए ।
महासंघको विभिन्न पदमा रहेर १८ वर्ष काम काम गरेको अनुभव सुनाउँदै अध्यक्ष पदका उम्मेदवार सिंहले निर्माण व्यवसायी क्षेत्रमा व्याप्त रुपमा रहेको कार्टेलिङको अन्त्य गर्ने बताएका छन् ।


‘जसको नीति, उसकै नेतृत्व’ भन्ने नारा लिएर अध्यक्षको उम्मेदारी घोषणा गरेका सिंहले भने,‘म यस संस्थाको विभिन्न पदमा रहेर काम गरिसकेको व्यक्ति हुँ, ठूला व्यवसायी र साना व्यवसायीबीचमा भएको खाडललाई पुर्नको लागि म पुनः नेतृत्व लिन चाहेको चाहन्छु, यदि मैले जितें भने असमान कामको वितरणलाई न्यायोचित रुपमा सम्बोधन गर्नेछु ।’

साक्षात्कारमा उनले भने,‘यस क्षेत्रमा धेरै प्रकारका नीतिगत र भौतिक सुधारको खाँचो छ । म त्यो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा निर्वाह गर्न सक्छु । मैले यसपाली चुनाव जित्ने आधार भनेको नै म निश्कंलित छु । शक्तिशाली १५÷२० जना ठूला निर्माण व्यावसायीको कब्जामा रहेको र अवैज्ञानिक रुपमा वितरण गरिने कामलाई व्यबहारिक बनाउन म यस मैदानमा पुःन आएको छु, यस क्षेत्रलाई सुधार गर्ने मेरो मुल नीति हो।’

उनले भने,‘मेरो नेतृत्वले निर्माण व्यवसायीहरुको उत्थान गर्ने हो । साना निर्माण व्याबसायीहरुको हितमा काम गर्ने हो, सरकारसँग हातेमालो गरेर विकास निर्माणका काम र खरिद ऐनलाई पारदर्शी बनाउने तवरले संशोधन गरेर समृद्धिको अभियानमा साथ दिने हो, जनतासँग नजिक रहने हो ।’

सिंह प्यानलका बरिष्ठ उपाध्यक्षका उम्मेदवार निकोलस पाण्डेले आफ्नो प्यानललाई जिताउनको लागि आग्रह गरेका छन् । आफूले यसअघिपनि उपाध्यक्ष भएर काम गरिसकेको उनले सुनाए ।

उनले भने,‘म एउटा निर्माण व्यवसायीको छोरा हुँ । मेरो बुवा सानो व्यवसायी हुनुहुन्थ्यो । उहाँले संघर्ष गरेर आज अमेरिकामा पनि एउटा कम्पनी खडा गरेर नेपालको शान उच्च राख्नुभएको छ । अमेरिकामा काम गर्दाखेरि नेपाल फर्केर यो व्यवसायलाई यान्त्रिकरण
निर्माण व्यवसायीहरुका छोराछोरीले यो व्यवसायलाई पछ्याउन नचाहेको स्मरण गराउँदै उनले भने,‘धेरै व्यवसायीहरुका छोराछोरीहरु विदेश पलायन भएका छन् । यो व्यवसायमा आकर्षण बढाउनुपर्छ । यो व्यवसायको छबिलाई उँचो राख्नको लागि मैले उम्मेदवार दिएको हुँ ।’ राज्य संयन्त्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै उनले व्यवसायमा आधुनिकीकरण गर्न आफ्नो उम्मेदवारी भएको सुनाए ।

त्यस्तै सिंहको प्यानलका महासचिव पदका उम्मेदवार हुमनाथ कोईरालाले खरिद ऐनलाई व्यापक छलफल गरेर सरकारले अघि सारेको समृद्धिको अभियानमा साथ दिने लक्ष्यका साथ आफूहरु चुनावी मैदानमा ओर्लिएको बताए ।


उनले भने,‘हामीसँग स्पष्ट भीजन, मिसन, एक्सनसहित काम गर्ने हो, सबैलाई काम, सबैलाई माम मेरो लक्ष्य हो, म सम्पूर्ण निर्माण व्यवसायीलाई आग्रह गर्न चाहन्छु, हाम्रो प्यानललाई मत दिएर जिताउनु भयो भने यस क्षेत्रमा विकृतिका रुपमा रहेका, अवैज्ञानिक रुपमा रहेका पक्षहरुलाई निरुत्साहित पारेर साना निर्माण व्यवसायीहरुको हितमा काम र माम उपलब्ध गराउने हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु