हाइकिङ्ग ककनी मेमोरियल पार्कबाट सुरु भएर शिवपुरी नेशनल पार्क हुँदै सूर्यचौर मा अन्त्य हुनेछ । समुन्द्री सतहबाट १९२५ मिटरको उचाईमा रहेको सूर्यचौरबाट अन्नपूर्ण हिमाल, लाङटाङ हिमाल, गौरीशंकर, गणेश हिमाल, राउचुली हिमाल जस्ता अन्य हिमश्रृंखला लगायत मनोरम प्राकृर्तिक दृष्य अवलोकन गर्न सकिन्छ ।
सूर्यचौर हाइकिङ्गको लागि एक उत्तम गन्तव्य स्थल हो जहाँ प्रकृतिमा डुब्न र सहरी क्षेत्रहरूबाट टाढा जान सकिन्छ। यहाँबाट १७० किसिमका चरा चुरुंगीहरु को पनि दृश्यावलोकण गर्न सकिन्छ । सूर्यचौर काठमाडौंबाट नजिक रहेको हाइकिङ्ग गन्तव्य स्थल हो जुन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्रबिन्दुको रुपमा परिचित रहेको छ ।
यस हाइकिङ्ग कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब कृष्ण प्रसाद देवकोटा, पर्यटन व्यवसायीहरु , डिप्लोम्याट्स , सेलिब्रिटीज र मिडियाहरु सहभागी हुनेछन् ।
पदयात्रा मार्ग अनुगमन तथा मर्मत विभागका संयोजक बाबुराम गुरुङको नेतृत्वमा, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, खेलकुद र कार्यक्रम विभागका संयोजक ऋतु ग्याम्दान, मिडिया तथा कम्यूनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठ, संस्कृति, कला र भाषा संरक्षण विभागका संयोजक महेश कुमार बुढा र मिडिया अफिसर सुबिना मानन्धर द्वारा सेप्टेम्बर १९ मा सो हाइकिङ्ग रूटको भ्रमण र निरीक्षण गरियो।