डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न        

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ६, शनिबार ०९:३९
असोज ६, काठमाडौं । एउटा इतिहास बोकेको संस्था राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न भएको छ ।
समुहको संस्थापक तथा जेष्ठ सदस्य राजेन्द्र चित्रकारको सभापतित्व तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । पानसमा वक्ती बालेर तथा केक काटेर उदघाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्यको क्रममा एनएफपिजेले नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रुपमा स्थापीत गराउन खेलेको भूमिकाको स्मरण गर्नु भयो । आचार्यले नेपाल पत्रकार महासंग एनएफपिजे संग सहकार्य र सहयोग गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममासमुहका पूर्व अध्यक्षहरु विकास रौनियार, कविन्द्रमान शाक्य र राजभाइ सुवालको विशेष उपस्थिति रहेको थियो ।
विशेष/असाधारण सभाले तत्कालीन कार्यसमिति भङग गरी राजेन्द्र चित्रकारको अध्यक्षतामा  निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष राजेन्द्र चित्रकार गोरखापत्र दैनिक, उपाध्यक्ष कृष्ण खड्का रातोपाटी डट कम, महासचिव प्रदिपराज वन्त रासस, सचिव नवराज श्रेष्ठ हिमालय टाइम्स नेपाली, कोषाध्यक्ष एल. बि. (सागर) श्रेष्ठ न्यूज अभियान डटकम, सह–कोषाध्यक्ष चन्द्रकला क्षेत्री नयाँ पत्रिका दैनिकबाट चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा नवराज वाग्ले कान्तिपुर दैनिक, तेजबहादुर बस्नेत टुडे नेपाल न्युज, शोभा महर्जन, आर्यन धिमाल डिसि नेपाल डटकम, गगन अर्याल लोकान्तर डटकम, शुसिल श्रेष्ठ राजधानी दैनिक, मुकुन्द कालिकोटे रिपोर्टस क्लव डटकम, प्रदिप श्रेष्ठ अगुल्ठौ साप्ताहीक र राजेन्द्र थापा चयन हुनु भएको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु