आज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठन

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ८, सोमबार ०२:४३

काठमाडौं-–नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पुर्व वरिष्ठ उपाध्यक्ष रवि सिंह विजयी भएका छन् । शनिबार भएको मतदानबाट सिंहले अध्यक्षका प्रतिष्पर्धी यज्ञध्वज कार्की, रामशरण देउजा र पुरुषोत्तम मानन्धरलाई पराजित गरेर विजयी भएका छन् । सिंहले ४६६ मत पाएका थिए भने उनका प्रतिद्वन्दी कार्कीले ३५३ मत पाएका थिए । त्यस्तै देउजाले ६६ र मानन्धरले ७ मत पाएका थिए । त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे विजयी विजयी भएका छन् । पाण्डेले आफ्ना प्रतिष्पर्धी लक्ष्मण कुमार रानालाई पराजित गरेका हुन्।  पाण्डेले ४६५ मत पाएर विजयी भए भने रानाले ४२८ मत प्राप्त गरेका थिए ।

त्यस्तै एशोसियट्स तर्फको उपाध्यक्षमा आङ दोर्जी लामा विजयी भएका छन् । त्यस्तै महासंघको महासचिवमा रोशन दाहाल, कोषाध्यक्षमा हिरण श्रेष्ठ, आन्तरिक तर्फको उपमहासचिवमा नरहरी थपलिया र नीतिगततर्फको उपमहासचिवमा टंक चौलागाई निर्वा्चित भएका छन् ।  त्यस्तै महासंघको साधारण सभाले महासंघको प्रदेश उपाध्यक्षहरु पनि निर्वाचित गरेको छ । जस अनुसार प्रदेश १ को उपाध्यक्षमा धिरेन्द्र कुमार दाहाल, प्रदेश २ को उपाध्यक्षमा सुरेन्द्र  प्रसाद सिंह, प्रदेश ३ को उपाध्यक्षमा पेम्बा लामा, गण्डकी प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहारी, प्रदेश ५ बाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट राम बहादुर खड्का र प्रदेश ७ बाट टेक बहादुर सेठ्ठी निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु