रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

प्रहरीले राम मनोहरको हत्या गरेको गठबन्धनको आरोप (विज्ञप्तिसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ९, मंगलवार ०२:३३

राम मनोहरको मृत्युको कारण रोग होइन, प्रतिशोध हो : गठबन्धन

काठमाडौं, ८ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको हत्या भएको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाएको छ । राम मनोहरको मृत्यु कारण रोग नभई जानी जानी मारेको गठबन्धनको ठहर छ ।

गठबन्धनले सोमबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएको हो । प्रहरीले यसअघि पनि राम मनोहर लगायतका नेता कार्यकर्ताहरुलाई ज्यान मार्ने लगायतका धम्की दिँदै आएको गठबन्धनले खुलासा गरेको छ ।

पत्रकार सम्मेलनमा गठबन्धनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसभन्दा अगाडि, २०७२ साल चैत्र ६ गते नेपालगन्जको महेन्द्रपार्कबाट समातेर यादवसहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो । सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ साल फाल्गुण ३ गते सफाई दिएको थियो । २०७३ साल मंसिर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगन्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’ को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसिर १२ गते मात्रै छोडेको थियो । त्यसैगरी, २०७४ साल आषाढढ २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’ को प्रचार प्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा आषाढ १९ गते यादवलाई रिहा गरिएको थियो ।’

सुरक्षा निकायबाट नै ज्यान मार्ने धम्की आउन थालेपछि राष्ट्रिय मानव अधिकार आयोग लगायतका मानवअधिकारवादी संघसंस्थाहरुलाई ज्यान रक्षाका लागि ज्ञापनपत्रसमेत बुझाएको गठबन्धनले जनाएको छ ।

यादवका तीन जना नाबालिग छोराछोरी छन् । प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवलाई शहीद घोषणा गर्नुपर्ने, यादवको परिवारलाई क्षतिपूर्ति दिनुका साथै उनका बच्चाहरुको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने, बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सहित संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने माग गठबन्धनले नेपाल सरकारसमक्ष राखेको छ ।

पत्रकार सम्मेलनमा गठबन्धनका नेता जासर यादवले राम मनोहरको न्यायका लागि गठबन्धनले अब चरण्बद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । उनले राम मनोहरको शवलाई आफूहरुलाई कुनै जानकारी नै नदिई भित्रभित्रै पोष्टमार्टम गरेको र अहिलेसम्म पोष्टमार्टमको रिपोर्ट पनि बाहिर नल्याएको बताएका छन् ।

‘प्रहरीले पोष्टमार्टमको रिपोर्ट सार्वजनिक नगर्नु र पोष्टमार्टमको प्रक्रियामा सम्बन्धित व्यक्तिलाई समेत जानकारी नगराउनुले राम मनोहरको हत्या नै भएको हाम्रो ठहर छ’, नेता यादवले दाबी गरेका छन् ।

साथै, नेता यादवले राम मनोहरको गृहजिल्ला बाँकेको नेपालगन्जमा मंगलबारदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणासमेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु