आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

अन्तर पार्टी महिला सञ्जालको आरोप : सरकार असफल भयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ९ गते, मंगलवार ०२:५५

दुईमहिना बित्यो तर निर्मलाका हत्यारा पक्राउ परेनः अध्यक्ष वर्मा
महिला हिंसाका घट्नाबारे सरकार गम्भिर देखिएन : महासचिव रिजाल

काठमाडौं, ८ असोज । अन्तर पार्टी महिला सञ्जालले बलात्कार, हत्या हिँसा र विभेदका घट्नामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा अन्तरपार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर बलात्कार, हत्या हिँसामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो ।

सञ्जालकी अध्यक्ष नीलम बर्माले दुई महिना पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको र हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् ।


उनले भनिन्,‘हाम्रो देशमा सरकार छ या छैन् ? के काम गरिरहेको छ ? यत्तिका हत्या भैरहँदा, यत्तिका बलात्कारका घट्नाहरु बढिरहेका छन्, बलात्कार, हत्या र एसिड आक्रमण गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गरियोस्, अपराधीहरुलाई तत्काल् पक्राउ गरेर पीडितलाई न्याय दिने काम गरोस्, हामीले आज ७७ वटै जिल्लामा प्रधानमन्त्रीको ध्यानाकार्षण गर्ने उद्देश्यले ज्ञापनपत्र बुझाएका छौैं, हामीले उठाएका मागहरु सम्बोधन गर्नुपर्छ, हामीले महिला हिंसाको अन्त्य चाहेका छौं, शान्ति अमन–चयन खोजेका छौं, तर सरकार यसमा असफल भैरहेको छ ।’
न्याय माग्न सडकमा निस्किँदा गोली खानुपर्ने स्थिति रहेको सुनाउँदै उनले भनिन्,‘सरकारले भीड नियन्त्रण गर्न अन्य तरिका हुँदाहुँदै पनि गोलि हान्ने र समाजलाई उत्तेजित पार्ने काम गरेको छ्, न्याय पाउन आन्दोलन गर्नैैपर्ने स्थिति किन आउँदै छ ? के गरिबले यसरी न्याय पाउन सक्छन् ?’

त्यस्तै सञ्जलाकी महासचिव कल्याणी रिजालले ५१ प्रतिशत नारीहरुको उपस्थिति रहेको नेपालमा महिला हिँसाका घट्नाका बारेमा सरकार गम्भिर नदेखिएको गुनासो पोखिन् ।
उनले भनिन्,‘हाम्रो देशमा ५१ प्रतिशत महिला छन्, के हामी महिला भएर जन्मिनु दोष हो ? के हामी राम्री हुनु दोष हो ? के हामीले पुरुषको ईच्छा अनुसार आफूलाई समर्पण गर्नैपर्ने हो ? शारीरिक सम्बन्ध गर्न तयार नहुँदा एसिडको सिकार हुनैपर्ने हो ? यो कस्तो खालको हिँसा हुँदैछ ? मुलुकमा गणतन्त्र आईसकेको छ । यस्तो प्रकारको हमला, हत्या र बलात्कारलाई सरकारले नियन्त्रण र निरुत्साहित पार्न सक्नुपर्छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु