प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

विकास निर्माणमा बेथिति : बाइस दिनमा भत्कियो सडक ढलान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ९, मंगलवार ०३:०५

काठमाडौँः असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् । गत असार २ गते झमझमी पानी पर्दै थियो । यस्तै बेलामा गोकर्णेश्वर नगरपालिका––८ स्थित आरुबारी ओरालोबाट नेपाल मेडिकल कलेज हुँदै माकालबारी निस्कने सडक ढलान गरियो । केही स्थानीयवासीले पानी परेको समयमा सडक ढलान नगरौँ भनेका थिए । नगरपालिकाले गठन गरेको उपभोक्ता समितिले कसैको कुरा नसुनी ओरालाको सो सडक ढलान ग¥यो ।

असार २ गते ढलान गरिएको उक्त सडक असार २४ गते नै भत्किएर डण्डी देखिएको मेडिकल कलेजको अत्तरखेलचोकमा २५ वर्षदेखि फलफूल पसल चलाउँदै आउनुभएका माया तामाङले बताए । “निस्किएको डण्डी ठाडो भई धेरैपटक दुर्घटना भइसकेको छ, यस सम्बन्धमा उपभोक्ता समिति र वडा कार्यालयलाई पटक/पटकभन्दा पनि नसुनेपछि हामी आफैँले डण्डी काट्यौँ, यो सडकको तीन ठाउँमा डण्डी ठाडो भएर दुर्घटनाको जोखिम बढेको छ”–उनले भने।

नगरपालिका र मेडिकल कलेजको सक्रियतामा सो सडक ढलान गरिएको हो । सडक ढलानका लागि नगरपालिकाबाट रु १६ लाख विनियोजन गरिएको प्रवक्ता एवं ८ नं वडाध्यक्ष मनोजकुमार ढङ्ुगानाले बताए । बीच सडकमा डण्डी ठडिएर दुर्घटनाको जोखिम बढेपछि एकपटक मेडिकल कलेजकै कर्मचारीले आएर काटे । गुणस्तरीय निर्माण सामग्री नहाली ढलान गरिएको, पानी पर्दै गर्दा ढलान गरिएको र ढलान गरेको एक हप्तामै बाटो खोलिएकाले २२ दिनमै सडक जीर्ण बनेको हो । मेडिकल कलेजले सामान लैजान एक हप्तामै बाटो खोलेको हो ।

मेडिकल कलेजका अस्पताल निर्देशक राजेशकिशोर श्रेष्ठ सम्पर्कमा आउन चाहेनन्। सो क्षेत्रमा बस्ती बढेसँगै वर्षाद्मा परेको पानीको भेल आरुबारीबाट वाग्मतीतिर जाने खहरेलाई सडकका रुपमा विकास गरिएको थियो । पानी परेका बेला सो सडकमा ठूलो भेल आउँछ । सडकको एकातिर नाली बनाइए पनि अर्कोतिर छैन । एकातिरको नाली मेडिकल कलेजले नै पुरेको स्थानीयवासी बताउँछन् ।

कलेजले चोकमा राखेको बत्ती पनि नबल्ने भएकाले राति आकस्मिक सेवामा अस्पतालमा आएका सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । पानी परेपछि सेफ्टी ट्याङ्की पनि सडकमै बग्ने गरेको छ । यसरी बगेको सेफ्टी ट्याङ्कीसहितको ढल सिधँै वाग्मती नदीमै मिसिन्छ । सडक ढलानका लागि दुई उपभोक्ता समिति गठन गरिएको थियो । अत्तरखेल–सुन्दरीजल मूल सडक माथितिर र तलतिर गरी दुई समिति गठन गरिएको वडाध्यक्ष ढुङ्गानाले बताए ।

माथिल्लो भागको उपभोक्ता समिति अध्यक्ष सुजीतसिंह ठकुरी मेडिकल कलेज र वडाध्यक्षको दबाबमा पानी परेका बेला ढलान गर्दा सडक भत्किएको दाबी गर्छन् । माथिल्लो भागको ढलानका लागि नगरपालिकाबाट रु तीन लाख मात्र छुट्याइएको उहाँले दाबी गर्नुभयो । वडा कार्यालयले भने दुई पटक गरी उपभोक्ता समितिलाई रु छ लाख उपलब्ध गराएको जनाएको छ । ढलानका लागि मेडिकल कलेजले दुई हजार किलोग्राम डण्डी र सिमेन्ट उपलब्ध गराएको बताइएको छ ।

अत्तरखेलबाट माकालबारी निस्कने सडक उपभोक्ता समिति अध्यक्ष टेकबहादुर बस्नेत सम्पर्कमा आउन चाहनुभएन । उक्त सडकका लागि वडा कार्यालयले रु १० लाख बजेट विनियोजन गरेको थियो । सो सडकको पनि ठाउँ ठाउँमा डण्डी देखिएर जीर्ण बनेको छ । गाउँघरकै सिंहदरबारले जनताको विकास निर्माणको सपना पूरा गर्ने आशा गरिए पनि खासै फरक नदेखिएको समता मानवअधिकार तथा नागरिक समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताए।

“पहिले र अहिलेको काम गराइमा खास फरक छैन, विकास निर्माणका कामप्रति जनताको चासो अझै बढ्न सकेको छैन, पदमा बस्नेलाई जे गरे पनि हुन्छ, भन्ने भान परेको छ”– उनले भने । ढलान गरिएको सडक २२ दिनमा भत्किएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याबाट यहाँका बासिन्दा मुक्त हुन सकेका छैनन् । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति नेपाल गत वर्षको योजनामा समस्या आएपछि यसवर्ष असोज मसान्तमा सबै योजनाको लागत तयार गरी कात्तिकदेखि कार्यान्वनमा लैजाने निर्णय गरिएको बताउँछन् ।

“विकास निर्माणका काम पानी परेका बेला हतार हतारमा गर्ने गरिएकाले कात्तिकदेखि नै काम गर्ने गरी निर्णय गरिएको हो, चालु आर्थिक वर्षको असारमा विकास निर्माणका काम हुँदैनन्”–उनले भने। आर्थिक वर्षको ११ महिनासम्म चुपचाप बस्ने अनि अन्तिम महिनामा सबै काम सक्ने गलत संस्कृतिको अन्त्य नभएसम्म विकास निर्माणमा विनियोजन गरिएको बजेटको सदुपयोग हुन नसक्ने देखिन्छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु