खुम रायमाझी ,असोज-८ |सावित्री जोशी लोकदोहोरी क्षेत्रमा स्थापित मिलनसार कलाकार र अति सुन्दरी मोडलकोरुपमा पनि चिनिन्छिन्।
समय समयमा उनले निकाल्ने गरेका एल्वमहरुलाई लाखौं श्रोताहरुले हेरेर मन पराउने गरेका छन्,उनका प्राय:जसो गितहरु सुपरहिट हुने गरेका छन्।
पहिले विभिन्न गितमा कैयौं उत्कृष्ट अवार्ड जितेकी लोकदोहोरी गायिका जोशीले यसपाली पनि 21 सेप्टेम्वरका दिन model songs awards 2018 दुबइको मेरिना क्रुइजमा अायोजित कार्यक्रममा पनि (नेप्टे)चलचित्रको “सुपारी काँचो” गीतबाट महिलातर्फ उत्कृष्ट अवार्ड हात पारेकीछिन् ।
अवार्ड समारोहपछि अत्यन्तै खुशी देखिएकी गायिका सावित्रीले अर्घाखाँची बुलेटिनसँग कुरा गर्दै भनिन् म अत्यन्तै हर्षित छु,सर्वप्रथम त मेरा दर्शकश्रोता अनि मिडियाहरुलाई हार्दिक अाभार व्याक्त गर्न चाहान्छु किन भने मलाई सफलताको सिंढीमा चढाउने नै दर्शक र मिडियाहरु हो,वहाँहरुको साथ बिना मैले केही गर्न सक्दिन।मलाई अाशा र विश्वास छ अाजसम्म यसरी धेरै माया गरिदिनु भएकोछ,जसले गर्दा मलाई अगाडी बढ्न प्रेरित र जिम्मेवारी थपिएको महशुस गरेकीछु, त्यसलाई निरन्तरता दिएर मलाई अझै हौसला प्रदान गर्नुहुनेछ।
पछिल्लो समयमा सावित्री जोशीले गाएको राष्ट्रप्रति सद्भावसहित समसामयिक विषयको गित “कता बग्यो मेलम्ची,कहाँ गुड्यो रेल”ले पनि वजारमा धुम मच्चाएको छ।