चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ९, मंगलवार ११:२५

बनेपाः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित अन्तरक्रियामा उहाँले पैसा लिएर काम नगर्ने र एकै परिवारमा तथा एक ठाउँमा पक्की घर भई अर्को ठाउँको घर भत्केकाको पैसा लिएर बसेकालाई एउटा विधि बनाएर कारवाहीको थलानी गर्ने तयारी भइरहेको बताए। ‘‘त्यस्ता व्यक्तिलाई एक महिनाका लागि इमानदारीका साथ पैसा फिर्ता गर्न प्राधिकरण र स्थानीय तहमार्फत आग्रह गरिरहेका छौँं’’ उनले भने, “त्यो समयभित्र पनि फिर्ता नगरे नियमअनुसार असुल उपर गर्ने र त्यस्ता व्यक्तिले स्थानीय तह र केन्द्रीयस्तरको राज्यबाट पाउने सेवा सुविधा रोक्का गर्नेछौँ ।”

वडाध्यक्ष वसन्तबहादुर रानाभाटले पैसाकै कारण अझै घर बनाउन नसकेको समस्या रहेको बताए । वडा नं ९ का नेपाली काँग्रेसका प्रतिनिधि राजेश हुँमागार्इंले लाभग्राहीमा नाम निस्केका सुकुम्बासीले अहिलेसम्म घर बनाउन नपाएको, कसैको घर पक्की नै भए पनि नाम निस्केको र कसैको घर भत्केर बस्न नै नहुनेको नाम ननिस्केकोलगायतका समस्या रहेको बताए । सो वडामा एक हजार १६० जना लाभग्राही रहेकामा ९६७ ले पहिलो किस्ता, ५५५ जनाले दोस्रो किस्ता र २२२ जनाले तेस्रो किस्ता तथा १४८ जनाले घर सम्पन्न गरिसकेको इञ्जिनीयर विनिता श्रेष्ठले जानकारी दिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु