भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिक साम्मनितदलितहरु अब आफ्नै लागि लड्नु पर्छ - बसन्त परियारपछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरसको संक्रमणनेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्तासनिल क्वार्टरफाइनलमागाउँ पर्यटन प्रवर्द्धन मञ्चको अध्यक्षमा सुवेदीको उम्मेद्ववारी घोषणापाटनमा फाल्गुण २१ देखी मच्छिन्द्रनाथ धार्मिक महोत्सव शुरु हुँदैप्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने"के पायौं हाम्ले"-रामचन्द्र तिम्सिनाहेर्नुस् आज २०७७ साल फागुन १९ गते, बुधवारको राशिफल

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार ११:३५

सिमकोट: उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई मंगलबार श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्राधिकरणले उडान प्रतिबन्ध लगाएपछि हिल्साको हेलिप्याडमै राखिएको हेलिकप्टर डेढ महीनापछि जिल्ला सदरमुकााम सिमकोट ल्याइएको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिए । पछाडिको पङ्खाले लागेर मुम्बइका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु