९ असोज, काठमाडौं । होचापुड्का अपांगता भएका व्यक्तिहरुले देशभरीका १५२ मेडिकलमा निःशुल्क स्वास्थ्य परिक्षणको सुविधा पाउने भएका छन् ।
आज नेपाल मेडिकल व्यवसायी संघ र नेपाल होचापुड्का संघ बीच भएको सम्झौता अनुसार होचापुड्का अपांगता भएका व्यक्तिहरुले मेडिकल व्यवसायी संघमा आबद्ध १५२ मेडिकलबाट निःशुल्क स्वास्थ्य परिक्षण सुविधा पाउने छन् ।
यस सम्वन्धमा नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सीताराम रेग्मी र होचापुड्का संघका अध्यक्ष निर्मल मक्रातीले आज सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार यस सम्वन्धमा दुबै संघले आबद्ध सम्पूर्ण सदस्यहरुलाई पत्राचार गरी जानकारी दिने छन् । होचापुड्का व्यक्तिहरुले नेपाल होचापुड्का संघको आधिकारिक सिफारिस पत्र लिएर स्वास्थ्य परिक्षणका लागि जानु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्बन्धित शीर्षकहरु