तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

नवलपरासीमा मलेरियाका चार बिरामी फेला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ९, मंगलवार १३:२६

नवलपरासी:पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन् । तीमध्ये दुई महिला छन् । साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट उद्योगमा ज्यालादारीमा काम गर्ने भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

पश्चिम नवलपरासी जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया इन्स्पेक्टर गौरीशङ्कर प्रसादका अनुसार जिल्लाका सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका तथा प्रतापपुर गाउँपालिकाका क्षेत्रबाट मलेरियाका बिरामी फेला परेका छन् । रोगको सङ्क्रमण देखापर्ने सम्भावित स्थानमा सतर्कता अपनाउन आवश्यक देखिएकाले सोहीअनुसार कार्यालयले काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार महतोले जानकारी दिए ।

हाल पश्चिम नवलपरासीका चार वटै स्थानीय तह मलेरियाको उच्च जोखिममा परेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा पश्चिम नवलपरासीमा सात र पूर्वी नवलपरासीमा २१ गरी दुवै जिल्लामा मलेरियाका २८ बिरामी फेला परेका थिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु