प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

महिला पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ९, मंगलवार १३:३७

आश्विन ९ पर्सा ।महिलाहरुको पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा एकदिने स्वास्थ्य चेकजाँच शिविर समपन्न भएको छ ।

अशाराम हस्पिटलको सहयोगमा ‘महिला स्वास्थ्य परियोजना कार्यक्रम’ अन्तर्गत आसमान नेपालको आयोजनामा वीरगंजको आशाराम हस्पिटलमा शिविर समपन्न भएको हो । शिविरमा २ जना महिला पाठेघरको मुखको क्यान्सरका लागी सरभाइकल पोलाप्स देखिएकाले तिनको थप उपचारको लागी अन्यत्र स्वास्थ्य संस्थामा पठाएको अस्पतालकी निर्देशक निभा दासले बताईन् ।

 

एक सय १४ जना सहभागि उक्त शिविरमा दश जना एस.टि.आई पोजेटिभ देखिएको डा ईन्द्रनिल घोषले बताए । उनले भने, एस.टि.आई देखिएका महिलाहरुलाई जनचेतना जागृत गराउनुको साथै उचित सल्लाह सुझव र परामर्श दिएका छौ । यस्तै शिविरकै अवसरमा दशजनाले आई.यू.सि.डि गराएको डा घोषले बताए । शिविरमा बाराको जितपुर, सिमरा, कलैया, परवानीपुर र पर्साको सिर्सिया, भिष्वा, ईनर्वा, अशोकवाटिका लगायत भारतको रक्सौलका महिला दिदिवहिनिहरुले लाभ उठाएको आशाराम हस्पिटलकी निर्देशक निभा दासले बताईन् ।

कार्यक्रममा ममता श्रेष्ठ र इन्द्रा मगरले प्राविधिक सहयोग गरेका थिए । भने कार्यक्रमको सहजिकरण आसमान नेपालका शम्भु कुमार साहले गरेका थिए । कार्यक्रम आशाराम हस्पिटलकी निर्देशक निभा दासको सभापतित्वमा समपन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु