डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

नेकपाका प्रवक्ता प्रकाण्ड ४९ दिनपछि रिहा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १०, बुधबार ०४:०३

काठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ४९ दिनपछि रिहा भएका छन् । सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले रिहा गर्न आदेश दिएको यो छैठौँ पटक हो । यसअघि सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो ।  यसपटक भने प्रहरीले उनलाई पक्राउ गरेन । प्रहरीले उनलाई दाङ, भोजपुरलगायत विभिन्न जिल्लामा पुर्याएको थियो । सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो ।

थुनामुक्त गर्न आदेश दिँदा पनि प्रकाण्डलाई पटक–पटक अदालत परिसरबाटै प्रहरीले पक्राउ गर्ने घटना दोहोरिन थालेपछि यसअघि सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता हनन् नगर्न सरकारको ध्यानाकर्षण समेत गराएको थियो । गृहमन्त्रालयले वार्ताका लागि टोली गठन गरेकाले विप्लव समूहका प्रवक्तालाई सरकारकै निर्देशनमा पक्राउ नगरिएको बुझिएको छ ।

वार्ता गर्न गठित टोलीले प्रकाण्डलाई रिहा नगर्दासम्म विप्लव समूहसँग वार्ता गर्ने वातावरण नबनेको भन्दै सर्वोच्चको आदेश पालना गर्नुपर्ने सुझाव दिएको थियो । वार्ता सहज बनाउन पनि प्रकाण्डलाई रिहा गरिएको बुझिएको छ । रिहा भएपछि माइतीघर मण्डला पुगेका प्रकाण्डलाई नेकपाका कार्यकर्ताले स्वागत गरेका थिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु