बुटवलः लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा नेपाल विद्यार्थीले तोडफोड र आगजनी गरेको छ ।क्याम्पसले मनपरी रुपमा कर्मचारी नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले बुधबार बिहान क्याम्पस प्रमुख तारा प्रशाद उपाध्याय बस्ने कुर्सी र गाडीमा तोडफोड गरेका हुन् ।
कर्मचारी नियुक्तिमा मनपरी गरेको र इन्ट्रान्स पेपर आउट गरी सुनुयोजित तरिकाले हैकम मच्चाएकोले यसरी आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य टंक पाण्डेले नेपाल तारालाई जानकारी दिए ।उनले नेपाल विद्यार्थी संघले उठाएका जायज मागलाई क्याम्पस प्रमुखले चासो नलिएको र एकलौटे ढंग बाट माफिया तन्त्र ल्याउन खोजिएको आरोप समेत लगाएका छन् ।।
लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्रीले कर्मचारी नियुक्त को अनियमितता विरुद्ध यसरी आन्दोलनमा उत्रिनु परेको बताए । उनले क्याम्पसलाई निर्णय सच्चाउन अल्टिमेटम दिएको र नसच्चाए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।