रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

लोकतान्त्रिक फोरमको आन्दोलनको कारण मेनपावरको धरौटी वृद्धि स्थगित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १०, बुधबार ११:४१

काठमाडौं–नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक फोरमको आन्दोलनको कारण व्यवसायीहरुको धरौटी वृद्धिको फाइल संसदमा जानु अघि नै रोकिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कमजोरीका कारण सरकारले गरेको धरौटी वृद्धि र विभिन्न मुलुकहरूमा कामदार जान रोकका विरुद्ध लोकतान्त्रिक फोरमको नवनिर्वाचित कार्यसमिति गठित भएको दिनदेखि सशक्त आन्दोलन, व्यावसायिक भेला, सञ्चार अभियान, संघमा तालाबन्दी, संघका पदाधिकारीहरूलाई संघबाट लखेट्ने जस्ता चौतर्फी व्यावसायीहरुको विरोध देखिन थालेपछि धरौटी रकम वृद्धिसम्बन्धी विधेयक अगाडि नबढेकोे फोरमको दाबी छ ।

आगामी शुक्रवार संघीय संसदको बर्खे अधिवेशन सकिने भएको कारण अर्को अधिवेशन भन्दा अगाडि यसबारे संसदमा छलफल हुने सम्भावना सकिएको छ । धरौटी बढाउनुपर्छ भन्ने पक्षमा रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका केही व्यवसायीहरु आम व्यवसायीबाट तिरस्कृत हुने अवस्थामा पुगेका छन् । यसै सन्दर्भभा, व्यावसायीहरुको हितमा नबोलेको कारण लोकतान्त्रिक व्यवसायी फोरमले बुधबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सम्पूर्ण कार्यसमितिहरूको राजीनामा माग गर्दै संघमा ज्ञापनपत्र बुझाउने र राजीनामा नदिएमा आगामी शुक्रवार भेला बोलाएर, विशेष साधारण सभा बोलाउने तयारी गरेको फोरमले जानकारी दिएको छ ।
यसै प्रसंगमा फोरमका अध्यक्ष हशंराज वाग्लेले प्रगतिशील रोजगार मञ्च, वैदेशिक रोजगार व्यवसायी संघका केही पदाधिकारी, वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र व्यक्तिगत स्वार्थपूर्ण बिचौलीयाहरुको मिलेमतोमा सम्पूर्ण व्यावसायीहरुलाई पलायन गर्ने गरी धरौटी रकम वृद्धि गरी आतंक मच्चाउन खोजिएको बताए । ‘तर, आम व्यावसायीहरुमो हितलाई मध्यनगर गर्दै हामी सशक्त आन्दोलनमा उत्रियौ । जसले गर्दा आफ्ना कर्तुतहरूको पर्दाफास हुने डरले धरौटी वृद्धिको फाइल गुपचुपमा राखेर रोकिएको छ’, वाग्लेले भने ।

वाग्लेले सबै व्यावसायीहरुको व्यावसायिक हितकोलागि संगठित छाता संगठन नेपाल वैदेशिक व्यवसायी संघले आजसम्म धरौटी रकम वृद्धि एवं विभिन्न मुलुक बन्द भएकाबारे एक शब्द पनि उच्चारण नगरेको हुँदा नैतिकताको आधारमा आम भेला गराई माफी सहित तत्काल राजीनामा दिनुपर्ने बताए । अझै पनि केही बिचौलियाहरुको चलखेलमा आगामी अधिवेशनमा पनि यही कुरालाई अगाडि बढाउने तयारी भइरहेको हुनाले वर्तमान संघको कार्यसमितिलाई तत्काल नहटाए फेरी धरौटी रकम बढाउने सम्भावना रहेको उनले बताए । सबै व्यावसायीहरुले साथ दिएमा कुनै पनि हालतमा धरौटी रकम यथावत राख्न सकिने कुरा समेत वाग्लेले बताए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु