चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

नेपाल र यूएईबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ११, बिहीबार ०२:२९

काठमाडौं– नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच दुवै मुलुकले अधिकतम लाभ प्राप्त गर्न सक्ने गरी श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले बुधबार गरेको शिष्टाचार भेटमा उहाँहरुबीच श्रम सम्झौता परिमार्जन गर्न आवश्यक तयारी गर्ने र छिट्टै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको हो । भेटमा मन्त्री विष्टले नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने वातावरण सिर्जना गर्न युएईसँग आग्रह गरेका थिए । उनले युएईमा कार्यरत नेपाली कामदारको २४ घण्टे बीमा, श्रम करारनामा बमोजिमको न्यूनतम् तलब र अन्य सेवा सुविधाको सुनिश्चित हुनुपर्नेमा समेत जोड दिए ।

मन्त्री विष्टले निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकामा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए । नेपाली कामदारलाई रोजगारीका लागि युएई जाँदा खुशी र गर्वको अनुभूति हुने गरी श्रमिकको सेवा सुविधाका पक्षमा त्यहाँको सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिँदै उनले नेपाल र युएईबीचको सम्बन्धलाई मजबुत तुल्याउन निरन्तर समन्वय र द्विपक्षीय छलफल जारी रहनु आवश्यक भएको दोहो¥याए ।

भेटमा श्रम स्वीकृति नलिई ‘भिजिट भिसा’ लगायतका माध्यमबाट युएई जाने र काममा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नमा समेत दुवै देशका सरकारको संयुक्त प्रयास हुनुपर्नेमा दुई पक्षबीच सहमति जुटेको श्रम मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भेटमा राजदूत नाक्बीले भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिसँगै युएई मध्यपूर्वको आर्थिक केन्द्रका रुपमा विकसित हुँदै गएकाले नेपाली कामदारका लागि उपुयक्त श्रम गन्तव्य हुनसक्ने बताउनुभएको थियो । युएई खाडी क्षेत्रका अन्य मुलुकभन्दा पृथक ढङ्गले अगाडि बढिरहेको उल्लेख गर्दै उनले नेपालबाट दक्ष जनशक्तिको मागसमेत बढ्दै गएको र त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिकको अवसर रहेको बताए ।
नेपाल सरकारले व्यक्त गरेका चासोप्रति युएई सरकार सकारात्मक रहेको विश्वास दिलाउँदै राजदूत नाक्बीले नेपाल र युएईबीचको श्रम सम्बन्धलाई उदाहरणीय बनाउन दुवै देशका सरकारको प्रयास रहनुपर्ने बताएका थिए । यसैबीच बुधबारैै नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइम्यानले श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग शिष्टाचार भेट गरे । भेटका अवसरमा उनीहरुबीच नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौता र घरेलु कामदारका लागि सम्झौता गर्न प्राविधिक रुपमा छलफल गरी टुङ्ग्याउने सहमति भएको थियो ।

नेपालले साउदी अरेबियाका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा लागू गर्न साउदी अरेबिया सरकारबाट पहल गर्ने विषयमा समेत छलफल र सहमति भएको थियो । उनीहरुबीच नेपाली कामदारलाई रोजगार करारबमोजिम दिइने सेवा सुविधाको सुनिश्चितता गरिने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । श्रम स्वीकृति, पुनः स्वीकृति र भिषा नवीकरणको सन्दर्भमा देखापरेका समस्या समाधान गर्ने विषयमा पनि उनीरुबीच छलफल भएको थियो । छलफलका क्रममा उठेका विषयवस्तु नेपालस्थित साउदी राजदूतावासले साउदी अरेवियाको सम्बद्ध निकायमा कार्यान्वयनका लागि पठाउने सहमतिसमेत भएको थियो ।\

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु