पर्यटन वर्ष २०२० को लोगो डिजाईनर उद्धबराज रिमाल सम्मानित         

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार ०८:२५
रबिराज  रिमाल ११असोज, काठमाडौं । पर्यटन वर्ष २०२० को लोगो डिजाईनर उद्धबराज रिमाल सम्मानित भएका छन् । आज ३९ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले रिमाललाई नगद १ लाख सहित प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
नेपालमा पर्यटन विकासका लागि सन् २०२० मा २० लाख पर्यटन भित्राउनका लागि सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । पर्यटन वर्षलाई लक्षित गरी नेपालको प्रकृति, कला, संस्कृति झल्कने लोगो बनाउन नेपाल पर्यटन बोर्डले सूचना प्रकाशित गरेकोमा देशै भरीबाट प्रतिश्पर्धामा भाग लिएका १४६ लोगो मध्येबाट रिमालको लोगो सर्वोत्कृष्ट भएको हो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु