नेपाल बहुआयामिक पर्यटन क्षेत्र : मन्त्री अधिकारी       

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ११ गते, बिहीबार ०८:२५
रविराज रिमाल ३९ औं विश्व पर्यटन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपाल बहुआयामिक पर्यटन क्षेत्र भएकोमा जोड दिंदै आन्तरिक र बाह्य पर्यटक, हवाईमार्ग र सडक मार्गबाट आउने पर्यटनका साथै ग्रामिण र आधुनिक पर्यटनको विकासका लागि पर्यटनसम्वद्ध सबै पक्षहरुका बीचमा सहकार्य र समन्वयको आवश्यकता औंल्याए ।
मन्त्री अधिकारीले पूर्वाधारको विकास विना पर्यटनको विकास सम्भव नभएकोले ठूला आयोजनाहरुलाई कुनै पनि वहानामा बन्न नदिने कार्य विकास विरोधी भएको बताए । उनले वातावरण संरक्षण र विकास सँगसँगै जाने भएकोले विकास कार्यमा सबैले सहयोग गरे देश समृद्धिको दिशामा अझै छिटो लम्किने बताए । उनले बर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपाली भन्ने सपना साकार गर्न प्रतिबद्ध भएकोले सरकारले पर्यटनलाई देश विकासको प्रमुख आधारको रुपमा स्विकारेको बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटन बोर्डले पर्यटन विकासका लागि सबै सरोकारवालाहरु बीचमा सहकार्यको बातावरण तयार गर्न भूमिका खेलिरहेकोमा जोड दिए ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु