रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

थारु कल्याणकारिणी सभाद्धारा २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित २२ बुँदे घोषणापत्र सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ११, बिहीबार ११:२२

‘टिकापुर घट्नालाई राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने’
पारित काठमाडौं, ११ असोज । थारु कल्याणकारिणी सभाले आफ्नो २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर असोज ७, ८ र ९ गते काठमाडौंमा सम्पन्न भेलाले पारित गरेको काठमाडौं घोषणापत्र सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनका अध्यक्ष तथा सभाका केन्द्रीय सदस्य कर्णलाल चौधरीले वर्तमान संविधानले थारु तथा चौधरी समुदायका मागहरु सम्बोधन नगरेको दाबी गरे ।

उनले भने,‘थारु कल्याणकारिणी सभाको स्थापना थारु समुदायका राजनीतिक मागहरु सम्बोधन गर्नु थियो, तर राज्यले विगतका दिनहरुमाजस्तै आजको दिनमा पनि सौतेनी व्यबहार गरिरहेको छ, २०७२ भदौ ७ गते घटेको टिकापुर घट्नालाई राजनीतिक कोणबाट सम्बोधन गर्नुपर्छ, उक्त घट्नामा संलग्नको आरोपमा जनमतसहित निर्वाचित सांसद रेशमलाल चौधरी, त्यस्तै ४ वर्षदेखि अर्ध–भूमिगत रहनुभएका यस सभाका अध्यक्ष धनिराम चौधरीलगायत तीनसय बढि नेता कार्यकर्तालाई अनाहकमा मुद्दा लगाएर जेलमा हाल्ने काम भएको छ, निःशर्त रुपमा जेलमा रहेका सबै थारु नेता कार्यकर्ताको रिहाईको लागि सरकारसँग माग गर्दछु ।’

टिकापुर घट्नालाई राजनीतिक कोणबाट सम्बोधन गर्न पहल गर्ने, थरुहट, थारुवान संयुक्त संघर्ष समितिसँग सरकारले गरेको सम्झौतालाई पालना गर्न लगाउने, पहिचानका पाँच र सामथ्र्यका ४ आधारमा तराईमा तीन प्रदेश हुनुपर्ने, रेशम चौधरीको रिहाईको लागि सरकारसँग वार्ता गर्ने, टिकापुर घट्नाका बारेमा तयार पारिएका प्रतिवेदन सार्वजनिक गर्न माग गर्नेलगायतका बुँदाहरु समाबेश गरिएको घोषणापत्र सभाकी केन्द्रीय सदस्य ईन्दु चौधरीले वाचन गरेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु