डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

कुकुरको सङ्ख्या घटाउन गरियो कुकुरको बन्ध्याकरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ११, बिहीबार १२:२७

भद्रपुरः  सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो ।

भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले जनावरको सुरक्षा–स्वास्थ्य र उद्धारका क्षेत्रमा काम गर्दै आएको ‘हिमालयन एनिमल रेस्क्यु ट्रष्ट’ (हार्ट)को सहयोगमा सञ्चालित पाँच दिने शिविरमा दैनिक ४० का दरले सडक कुकुरको बन्ध्याकरण गर्दै आएको छ । उक्त नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो चौथोपटक हो । भद्रपुर रेविजको जोखिममा रहेको नगरपालिका भएका कारण पनि यो नगरलाई प्राथमिकतामा राखिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

डा चन्द्र राई, डा विशाल चौधरी, डा समीर थापा, डा गोपाल देवकोटालगायतको प्राविधिक टोलीले यसअघि मेचीनगर नगरपालिकाको विभिन्न वडामा कुकुरको बन्ध्याकरण शिविर गरेको थियो । उक्त शिविरमा १५० बढी कुकुरको बन्ध्याकरण गरिएको उक्त नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए । विश्वमा सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकामा नेपालमा सन् २०१०मा ‘हार्ट’को स्थापना पछि बध्याकरण शुरु गरिएको हो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु