काठमाडौं : विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाएका नेपालीलाई नेपाल ल्याउन समस्या भएको छ । मलेसियास्थित नेपाली दुतावासले शव नेपाल पठाउन समन्वय नगर्दा समस्या भएकौ छ । यता, मलेसियामा अवैधानिक हैसियतमा रहेका सर्लाहीका शेरबहादुर ठकुरीको शव नेपाल ल्याउन समस्या भएको छ ।
उनकौ परिवारका अनुसार शव ल्याउन ३८ सय रिंगिट तिर्नुपर्ने भएको छ । शेरबहादुरका ठूलो बुवाका छोरा मलेसियामै भएकाले उनले शव पठाउन लाग्ने ३८ सय रिंगिटका लागि सहयोग सङ्कलन गरिरहेको बुझिएकौ छ । हिजोसम्म ३ हजार रिंगिट सङ्कलन भइसकेकाले अब एकदुई दिनमै पैसा सङ्कलन गरेर शव पठाउन प्रक्रिया थाल्ने उनले जानकारी दिएको शिलबहादुरले बताए ।
मृतकमध्ये दुई जनाको शव बिहीबार दिउँसो १२ बजे थाइ एयरको उडानबाट नेपाल ल्याइएको छ । तर शव बुझ्न परिवारका सदस्य विमानस्थल पुगेका छैनन् । दूतावासले समयमै जानकारी नगराइदिँदा शव बुझ्न परिवार समयमै आउन नसकेका हुन् । विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
श्राेतः janasawal.com