८ जनाले एक छाक खाएको बिल ६७ लाख

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ११ गते, बिहीबार १२:२७

काठमाडौं : दुबईका राजकुमारले चीनमा ४ लाख युयान (६७ लाख रुपैयाँ)को डिनरको बिल तिरेका छन् । राजकुमारले तिरिएको बिलको बिषयमा अहिले सामाजिक सञ्जालमा ब्यापक चर्चा भईरहेको छ । सांघाईको एक रेस्टुरेन्टका मालिकले राजकुमारमा नाम भने बताएनन् । रेस्टुरेन्ट मालिलकाका अनुसार राजकुमार र उनका ७ जना चिनिँया साथीहरुले त्यहाँ डिनर गरेका थिए । उनीहरुले जम्मा २० थरी पकवान मगाएका थिए ।

डिनरमा सबैभन्दा मंहगो परिकार ‘वाइल्ड लार्ज यलो क्रोकर’ थियो । त्यसको मूल्य १९ लाख रुपैयाँ थियो । यो एक मादक पदार्थ हो । राजकुमारले ८ जनाको लागि खाना मगाएका थिए । यसमा ड्राईभर र सेवाशुल्क पनि जोडिएको छ । त्यसपछिको मूल्य ७० लाख ९५ हजार भएको थियो तर छुटपछिको मूल्य भने ६७ लाख नेपाली रुपैयाँ भएको हो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु