काठमाडौँ : संसदीय समितिले नेपाल वायुसेवा निगमले एयरबसका दुईवटा वाईडबडी विमान खरिद गर्दा भएको अनियमिताबारे अध्ययन गर्ने भएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकले विमान खरिदमा भएको अनियमिताबारे अध्ययन गर्ने निर्णय गरेको हो । समितिले विमान खरिदमा भएको अनियमितताबारे छलफल गर्न महालेखा परिक्षकसँग छलफल गर्ने भएको छ । समितिले छलफलका लागि महालेखा परिक्षक टंकमणि शर्मालाई शुक्रबार समितिमा बोलाएको हो । समितिले शर्मासँग वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा छलफल गर्नेछ ।
बैठकमा समितिका सदस्यहरु हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण कायस्त, धर्मशिला चापागाईलगायतले वाइडबडी विमान खरीद अनियमितता, बेरुजु फछ्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए ।
महालेखा परिक्षकको कार्यालयले यसअघिनै बाइडबडी विमान खरिदमा विधि र प्रक्रिया मिचिएको उल्लेख गरिसकेको छ । नेपाल बायुसेवा निगमले २० करोड ९६ लाख अमेरिकी डलरमा दुईवटा वाइडबडी बिमान खरिद गर्दा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको छ ।
श्राेतः janasawal.com