महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुनेसुदिप्त क्यान्सर सभाईभर मिट—२१’ माझ क्यान्सर विजेता प्रतियोगी सम्मानितहेर्नुस् आज २०७७ फागुन २५ गते, मंगलवारको राशिफलबलपार्क र बासुलिङको पहिलो जितमहिला हस्तकला मेला सम्पन्नकालिका नगरपालिका भित्रका उद्योगीहरुको प्रारम्भिक भेला सम्पन्नउपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटनप्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमापछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएमोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

संघीय संसद्को अधिवेशन अन्त्य, चिकित्सा विधेयक पेश भएन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ०५:२६

काठमाडौं–संघीय संसद्को दोस्रो अधिवेशन बिहिबार राति १२ बजेदेखि समापन हुँदैछ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई बिहिबारसम्म १३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यसबीच ६९ दिनमा ७९ पटक बैठक बसी १९३ घण्टा २५ मिनेट संसदीय काम कारवाही भयो । गत जेठ ७ गतेदेखि असार ८ गतेसम्म संसद्को संयुक्त बैठक चार पटक बस्यो । संयुक्त अधिवेशनमा छ घण्टा ५० मिनेट संसदीय कारवाही भयो । पहिलो अधिवेशनमा गठित नियमावली मस्यौदा समितिले गत वैशाख २३ गते प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि दफावार छलफल भई संशोधनसहित जेठ २५ गतेको बैठकबाट बहुमतले पारित भएको थियो । वैशाख २६ गते ‘आव २०७५(७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश भएको थियो । यसमाथि वैशाख २७, ३० र ३१ गते छलफल भयो ।

चासोका रुपमा हेरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ अन्ततः सदनमा पेश भएन । यसअघि सरकारले प्रा डा गोविन्द केसीसँग ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो । प्रा डा केसीले सङ्घीय संसद् बैठकमा सो विधेयक पेश नभए आफू पुनः अनशन बस्ने बताउँदै आएका छन् ।

राष्ट्रियसभाका पाँच विधेयक प्रमाणीकरण
त्यसैगरी संघीय संसद्को दोस्रो अधिवेशनसँगै राष्ट्रियसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई बिहिबारसम्म १३५ दिन चालु रह्यो । सो अवधिमा सभाको बैठक बसेको ५२ दिनमा ६१ बैठक बसी ७९ घण्टा २० मिनेट संसदीय कारवाही भयो । दोस्रो अधिवेशन अवधिमा राष्ट्रियसभामा उत्पन्न भएका आठ विधेयकमध्ये बालबालिकासम्बन्धी विधेयक २०७५, अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५ लगायत पाँच विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन । तीमध्ये तीन विधेयक राष्ट्रियसभाबाट पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ ।

त्यसैगरी अधिवेशन अवधिमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त १९ विधेयकमध्ये आर्थिक विधेयक २०७५, सामाजिक सुरक्षा विधेयक २०७५ र सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५ लगायत १८ विधेयक सभाबाट पारित गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभाका विभिन्न मितिमा बसेको बैठकबाट ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्झौता’ र अन्तर्रा्ष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्नेसम्बन्धी व्यवस्था भएको महासन्धिलगायत पाँच सम्झौताको अनुगमन, सम्मिलन तथा स्वीकृत गर्ने कार्य भएको जानकारी दिए । दुवै सभाको बिहिबारको छुट्टाछुट्टै बैठकमा सभामुख कृष्णबहादुर महरा र र अध्यक्ष तिमल्सिनाले संसद्को दोस्रो अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु