तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

मलेसिया जाँदा नेपाली कामदारले पैसा तिर्नु नपर्ने, श्रम सम्झौता चाँडै हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १२, शुक्रबार १२:४९

काठमाडौं : नेपाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमति सहित नेपाल र मलेसिया बिच दुई पक्षीय श्रम सम्झौतालाई अन्तिम रुप दिइएको छ । मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारीबीचको छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको हो ।

कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशका चासोका विषयहरु सम्बोधन भएको मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए  । नेपालको मुख्य चासोको रुपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाताले ब्यहोर्ने सहमति भएको छ । दुवै पक्षले आन्तरिक प्रक्रिया पुरा गरेपछि कुटनीतिक माध्यमबाट हस्ताक्षरको मिति यथाशक्य तय गरी सम्झौता हुनेछ ।

सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरन नेपाल आउने छन् । नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षरगर्नेछन् । मलेसियासँग एमओयु गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदानप्रदान गरिएको थियो । दुई पक्षबिच पटक पटक भएको छलफलबाट मस्यौदा संसोधन र सहमति जुटाउँदै यसपटक अन्तिम रुप दिन लागिएको हो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु