स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

प्रदेश नं ७ को राजधानी गोदावरी नै दुई तिहाईबाट स्वीकृत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १२, शुक्रबार १२:५७

कैलाली : प्रदेश नं ७ को राजधानी गोदावरी नगरपालिका–२, तेघरी र नाम सुदूरपश्चिम दुई तिहाईले स्वीकृत भएको छ । आज दिउँसो ३ बजे पुनः शुरू भएको बैठकमा प्रदेशको राजधानी गोदावरी नगरपालिका–४, तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस भन्ने नेपाल कम्युनिष्ट पार्र्टीका संसदीय दलका नेता तारा लामा तामांगले पेश गरेको तथा संसद विरमान चौधरी र शान्ति नेपालीले समर्थन गरेको प्रस्ताव दुई तिहाईले स्वीकृत भएको होे ।

स्वीकृत प्रतिवदेन अनुसार ७ नम्बरको स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिका– २, तेघरीस्थित नेपाली सेनाको व्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी नदीदेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ गरी १४ जना संसदले बैठक वहिस्कार गरेपनि सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको बहुमतबाट स्वीकृत गरिएको घोषणा गरिएको हो । प्रदेशसभा रहेका कुल ५३ सांसदमध्ये १२ जना नेपाली कांग्रेसका र २ जना राजपाका सांसद छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु