लाखौं जनताले दुख भोगीरहेको नौविसे–नागढुँगा सडकको जाम हटाउन सभासद पाण्डेले लिए अग्रसरता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १३ गते, शनिबार ०४:५७
काठमाण्डौं । असोज १३ । दैनिक घण्टौं सम्म सडक जामका कारण लाखौं मानिसहरुले दुख भोगीरहेको धादिङको नौविसे–नागढुँगा सडकको जाम कम गर्नका लागि पुर्व मन्त्री तथा प्रदेश सभासद राजेन्द्र पाण्डेले पहल कदमी थालेका छन् । सडक जामका कारण घण्टौं सम्म सवारी रोकिएर मार खेपीरहेका जनतालाई केही राहत दिनकै लागि दशैंको पुर्वसन्ध्यामा संसद पाण्डेले यस्तो प्रयास थालेका हुन् ।
सभासद पाण्डेको नेतृत्वमा हिजो मात्र धादिङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला ट्राफिक प्रहरी प्रमुख, स्थानीय निकायका जनप्रतिनिधिहरु सहितको टोलीले उक्त सडक तथा बैकल्पीकको अनुगमन र पश्चात जाम हटाउने प्रयासका निम्ती छलफल गरेका छन् । छलफलका क्रममा दशैँ अगाडि नै वैकल्पिक सडकको रुपमा रहेको धार्के सितापाईला सडकमा साना सवारी सन्चालन गर्न र नौबिसे नागढुँगा सडकमा सवारी सञ्चालनको अहिलेको अवस्थालाई व्यवस्थित गर्ने गरि सडकको निरिक्षण तथा छलफल गरेको हो ।
छलफल कार्यक्रममा पुर्व मन्त्री तथा प्रदेश सभासद राजेन्द्र पाण्डेले नौविसे–नागढुँगा सडक जाम हुंदा लाखौ यात्रीहरुले दुख भोगीरहेको बताँउदै बैकल्पीक सडक प्रयोग गरेर अविलम्ब सडक जाम कम गर्नुपर्ने बताए ।
संसद पाण्डेले सडकको खाल्डाखुल्डी अविलम्ब पुर्न तथा बिग्रीएका गाडीहरुलाई जाम नहुने गरी व्यवस्थीत रुपमा पाकीङको व्यवस्था गर्न पनि सुझाब दिए । सडक जामको कारण उक्त सडक प्रयोग गर्ने लाखौं यात्रीले बषौं देखि समस्या खेपी रहेका छन् । काठमाण्डौं आउने मुख्य नाका थान्कोट चेकपोष्ट सम्म घण्टौं समय सडकमा बस्नुपर्ने समस्या खेप्दै आएका यात्रीहरुलाई पाण्डेको यो प्रयासले निकै राहत पुग्ने स्थानीयवासीहरुको भनाई रहेको छ । पाण्डेको यो प्रयासले सार्थकता पाएमा दशैंमा उपत्यकाबाट बाहिरीने तथा भित्रीने यात्रीहरुलाई ठुलो राहत मिल्ने छ ।
छलफल कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले नौविसे–नागढुँगा सडक जामकम गर्न निकै चुनौतिको रुपमा खडा भएको बताँउदै जाम कम गर्नका निम्ती आफ्नो तर्फबाट कुनै काम बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त सडक पर्ने धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले पानी ट्याँकरहरुलाई व्यवस्थीत गदै नौबिसे नागढुँगा सडकको मर्मतको लागि सडक कार्यालय, मर्मतको समयमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरिने बताए ।
जिल्ला प्रहरी प्रमुख डम्बर बहादुर विकले बढी भार र लामो सवारी साधनलाई धार्के आइनपुग्दै रोकेर रातीको समयमा मात्र प्रवेश दिने गरीएमा जाम हटाउन केहि मद्धत पुग्ने बताँउदै चाँडै उक्त कामको थालनी गरिने बताए ।
सडकको निरिक्षण तथा छलफल कार्यक्रममा पुर्व मन्त्री तथा प्रदेश सभासद राजेन्द्र पाण्डे सहित धुनिबेशी नगरपालिकाको मेयर बालकृष्ण आचार्य र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्ला प्रहरी प्रमुख डम्बर बहादुर विक, जिल्ला ट्राफिक प्रमुख हेमराज घिमिरे, ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख उद्धव पोखरेल, डिभिजन सडक कार्यालय धादिङका प्रमुख हरी ठकुरी लगायत सहभागी रहेका थिए ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु