स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

गुणस्तरीय खाद्यन्नको व्यवस्था गर्न सरकारलाई निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १४, आईतवार १२:३२

काठमाडौं : संसदीय समितिले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले दैनिक उपभोग्य बस्तुको कालाबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । दसैं, तिहार जस्ता महत्वपूर्ण चाडमा अभाव नहुने गरी गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिनु भयो ।

समितिले भत्किएको कालीगण्डकी तटबन्द अर्को वर्षा नआउँदै बनाउने उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । एक वर्ष नबित्दै तटबन्द भत्किनुको कारण समितिमा एक हप्ता भित्र पेश गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पनि निर्देशन दिइएको छ । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले मन्त्रालयको नीति, कार्यक्रम र बजेटबारे समितिलाई जानकारी गराउनु भएको थियो । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थानीय समिति बनाएर संचालन गर्न लागिएको पनि बताउनु भयो । मन्त्री खनालले कृषकलाई मलको अभाव हुन नदिन आफू सचेत रहेपनि बजेटको अभाव रहेको पनि समितिलाई जानकारी गराउनु भएको थियो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु