डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

पीपीएलको लागि चितवन राईनोजले लियो अधिकतम मूल्यमा तीन खेलाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १४, आईतवार १२:३५

काठमाडौं : पोखरा प्रिमियर लिगको लागि अहिले खेलाडी लिलामी भइरहेको छ । काठमाडौंको साङग्रिला होटलमा जारी लिलामी प्रक्रियामा ६ टोलीले बोली लगाईरहेको छन । पीपीएलका लागि क्याप्ड सिनियर, एज क्याप्ड खेलाडी र अनक्याप्ड खेलाडीको रुपमा खेलाडीको वर्गिकरण गरिएको छ । क्याप्ड सिनियरको न्युनतम रकम ५० हजार रुपैयाँदेखि सुरु भएर २ लाख ४० सम्म राखिएको छ । त्यस्तै क्याप्ड एज लेभलको न्युनतम मुल्य ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म राखिएको छ ।

अनक्याप्ड खेलाडीको मुल्य ३० हजारदेखि सुरु भएर १ लाख रुपैयाँसम्म राखिएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका क्याप्ड सिनियर श्रेणीका केही खेलाडीले अधिकतम मुल्य पाएका छन । चितवन राईनोजले अनिलकुमार शाह, करण केसी र आरिफ शेखलाई अधिकतम २ लाख ५० हजार मुल्य तिरेको छ । त्यस्तै बुटबल ब्लास्टर्सले सागर पुनलाई अधिकतम २ लाख ५० हजार रकम खर्चेको छ । पोखरा पल्टनले रोहित कुमार पौडेल र बिनोद भण्डारीलाई अधिकतम मुल्य २ लाख ५० हजार तिर्न तयार भएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु