प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

पशुपति क्षेत्रमा वृद्ध तथा अशक्त भक्तजनका लागि दुई वटा सफा ट्याम्पो संचालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १४, आईतवार १२:३६

काठमाडौं : पशुपति क्षेत्र भित्र दुई वटा सफा टयाम्पो संचालनमा ल्याइएको छ । वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैंत्री सफा टयाम्पो संचालनमा ल्याइएको हो ।

लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहायतामा संचालनमा ल्याइएको सो टयाम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आईतबार एक कार्यक्रमका बीच शुभारम्भ गरे। अशक्त तथा वृद्धहरुका लागि निःशुल्क सेवा उपलब्ध गराउन २ वटा वातावरण मैंत्री सफा टयाम्पो पशुपति क्षेत्रमा संचालनका लागि आर्थिक अनुदान दिइएको बैंकका संचालक समितिका सुमिद भट्टराईले जानकारी दिए।

सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनहरुलाई पशुपति दर्शनका लागि जान कठिनाई हँँुदै आएको थियो । त्यही अवस्थालाई ध्यानमा राखेर निःशुल्क २ वटा सफा टयाम्पो संचालनमा ल्याइएको हो । ६ वटा सिट संख्या रहेको सो सफा टयाम्पो वृद्ध तथा अशक्त भक्तजनहरुले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषले आईतबारबाटै लकर सेवा पनि संचालन गरेको छ । माछापुच्छ«े बैंक लिमिटेडको आर्थिक सहायतामा पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनहरुको मूल्यवान सामान राख्न पाउने गरी लकरको व्यवस्था गरिएको हो । बैंकमा अध्यक्ष रोशन केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई हस्तान्तरण गर्नु भएको सो लकरमा भक्तजनहरुले आफ्नो सामानहरु राख्न पाउनेछन । मन्त्री अधिकारीले पशुपति क्षेत्रको सर्वाङगिन विकासका लागि सहयोग उपलब्ध गराएको भन्दै बैंकलाई धन्यवाद दिनुए । त्यस अवसरमा उहाँले पशुपति क्षेत्र गुरु योजनालाई ४ महिना भित्र तयार पारी यसको समग्र क्षेत्रको विकासको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री अधिकारीले हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिलाई आकर्षक बनाउने कामलाई सरकारले तीव्रता दिने योजना पनि अघि सारे । यस अघि पशुपति क्षेत्र भित्र भारत सरकारको सहयोगमा धर्मशाला पनि स्थापना गरिएको थियो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु