प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

समाजसेवी जगत बहादुर गूरुङले ताज पहिर्याए मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ का बिजेताहरूलाई   

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १५, सोमबार ०२:२८
 असोज १५,काठमाडौँ । मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ प्रमिला तामाङ को सभापती   बरिस्ठ  समाजसेवी जगत बहादुर  गूरूङ को प्रमुख अतिथि सम्पन्न भएको छ।उत्त कार्यक्रममा रिदम घिसिङ र अक्सा तामाङ  संयुक्त रुपमा विजेता भएका छन । प्रतियोगितामा दुई वटा उमेर समहु रहेको थियो । जसमा ८ देखी १२ सम्म ग्रुप ‘ए’ र १२ देखी १४ उमेरका ‘बी’ ग्रुप छुट्याइएको थियो ।
अक्सा ग्रुप ‘ए’ बाट विजयी भएकी हुन भने रिदम ग्रुप ‘बी’ बाट विजयी भएकी हुन । सनसाईन प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा ग्रुप ‘ए’ बाट दोस्रोमा आकृती भित्रकोटी र ग्रुप ‘बी’ बाट पलिस्था प्रजापती विजयी भएकी छिन् । तेस्रो स्थानमा ग्रुप ‘ए’ बाट खुसी शाही र ग्रुप ‘बी’ बाट एजेन गूरुङ विजयी भएका छन । प्रतियोगितामा सहभागीलाई विभिन्न शिर्षकमा उपाधी दिइएको थियो ।
विजेताहरुलाई युवा नेता तथा बरिस्ठ  समाजसेवी जगत बहादुर गूरुङले ताज पहिर्याएका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी हिमालयन कलेजका प्रिन्सिपल रामहरी सिलवालले प्रमाणपत्र दिएका थिए । प्रथम हुनेलाई नगद १५ हजार,ट्रफी, प्रमाणपत्र दास्रो हुनेलाई नगद १० हजार,ट्रफी सहित प्रमाणपत्र,तृतीय हुनेलाई नगद ७ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र दिइएका थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले बालबालिकाको बृहत्तर विकासका लागी किड्स आईकन कोशेढुङगा हुने बताएका थिए । उनले बालबालिका नै भविष्यका कर्णदार भएकाले सबैले उनिहरुमा लगानी गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,विशिष्ट अतिथी सिलवाल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा सनसाईन प्रोडक्सन हाउसका निर्देशक प्रमिला तामाङ सभापती रहेकी थिईन । कार्यक्रमका आयोजक नारायण लामा रहेका थिए भने पुरुषोतम मल्लिक प्रमुख निर्णायकको रुपमा रहेका थिए । कार्यक्रममा विभिन्न संस्थाहरुले प्रयोजन गरेका थियो । कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी एम जी तामाङ रहेका थिए । उक्त कार्यक्रमका कोरियोग्राफर मोडल अफ दी वल्र्ड दिक्पाल कार्की रहेका थिए।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु