प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

कतार र बेलायतको सहयोग पाएर राम परिवार नै हर्षित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १५, सोमबार ०२:३२

रौतहट।कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएको छ ।
श्रम गर्न खाडी मुलुकमा विगत १५ वर्षदेखि कतारमा रहेका महोतरीका जलेश्वर निवासी बद्रीनाथ झाले रौतहटको परोहा नगरपालिका–७ नरकटिया खापका असहाय दुवै खुट्टाले अपांग ३६ बर्षीय उपेन्द्र राम चमारलाई ट्रायल साईकल सहयोग गरेका छन् ।
महोतरी निवासी युवा समाजसेवी झाले आफू प्रवासमा रहेर पनि नेपालको एक पीडितलाई सहयोग गर्न पाउँदा आनन्दित भएको बताएका छन् । ‘म पहिलादेखि नै अपांगता, असहाय, गरिब भएका व्यक्तिलाई सहयोग गर्न मन पराउने मान्छे हुँ । नेपाल आएको बेला उनीसँग भेट्ने मौका पाए अझ खुशी महसुश हुनेछ । अपांगता भएका रामको जिवनमा यसबाट केही परिर्वतन होस भन्ने मात्र सोचले सानो सहयोग गरेको बताउनुभो ।’

सोही परिवारमा दुवै खुट्टाले अपांग ११ बर्षीय मुस्कान राम चमारलाई मुकुन्द फुयालको छोरा मिलिन्ड फुयालले यु.के बेलायतबाट कोशिश फाउण्डेसन मार्फत ह्वलचेयर सहयोग गरेका छन ।

रामको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले अरु बालबालिका जसतै घर बाहिर वा विधायल जान चाहेर पनि जान्न चाहना हुदा हुदै पनि कुनै सुविधा उपलब्ध परिवारबाट हुन नसकेकाले दिनभरि घरमा बसेर नै जिवन बिताउ छिन । अब ह्वेलचेयर पाएसी विधालय र साथीहरुसँग रमाउन पनि सजिलो भएकोले सहयोगी दातालाई मुरिमुरि धन्यवाद समेत रामको आमाले दिईन ।

रौतहटका युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलको पहलमा

कतार र बेलायतबाट आएको सो समाग्री अपांग रामको घरमै पुगेर हस्तान्तरण गरेका छन ।
‘मानव जीवनमा सबैभन्दा ठूलो धर्म यही नै हो,’ उनले भने, विदेशबाट मेरो माथी बिस्वास गरेर उहाँहरुले यस्ता असहायका लागि सम्मान पठाएकोमा म धेरै हर्षित छु भने समाजसेवी पटेलले बताएका छन ।
सो सामाग्री हस्तान्तरण गर्न राजपा नेपालका विबेक कुमार यादव, संघीय समाजवादी फोरम नेपालका अरबिन्द कुमार यादव लगायत अन्य अस्थानीय बासीहरुको उपस्थितिमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु