रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

ग्रामिण क्षेत्रमा सशस्त्र संघर्ष र शहरी क्षेत्रमा सशस्त्र जनविद्रोहको कार्यदिशा सहित नेकपा(माओवादी)को राजनैतिक दस्तावेज तयार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १५, सोमबार ०२:३४
रबिन थपलिया । काठमाण्डौं । असोज १५ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले सशस्त्र संघर्ष र सशस्त्र जनविद्रोहको मिश्रण प्रणाली मार्फत नेपाली क्रान्ति सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
राष्ट्रिय सम्मेलनमा छलफलका लागि तयार पारीएको राजनैतिक दस्तावेजमा नेपालमा दश बर्षको जनयुद्ध पश्चात देशमा गुणात्मक हेरफेर नभएकाले नेपाली क्रान्तिको कार्यदिशा नयाँ जनवादी क्रान्तिनै रहेको उल्लेख गरिएको छ । यहि पुसमा हुन गइरहेको उक्त पार्टीको राष्ट्रिय सम्मेलनका लागि तयार पारीएको १८२ पेज लामो राजनैतिक दस्तावेजमा भनिएको छ “ग्रामिण क्षेत्रमा सशस्त्र संघर्ष र अन्तमा शहरी क्षेत्रमा सशस्त्र जनबिद्रोहको मिश्रण सहितको कार्यदिशा अवलम्बन गर्नुपर्दछ यहिनै नेपाली क्रान्तिको बाटो हो ।”
पार्टीको राजनैतिक कार्यदिशा र क्रान्तिको बाटोको बिषयमा नेपाल अझैपनि अर्ध सामन्ती तथा नव औपनीवेसीक अवस्थामा रही आएको, नेपाली क्रान्तिका दुस्मन घरेलु प्रतिकृयावादी र बैदेशीक प्रतिकृयावादी दुवै रहेको उल्लेख छ ।
नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता पछि माओवादी केन्द्रबाट असन्तुष्ट रहेका माओवादी केन्द्रका पोलीटव्युरो सदस्य बिमल अधिकारी सहित ५० भन्दा बढी केन्द्रीय सदस्यहरुले नेपाल कम्युनिष्ट पार्टी(माओवादी) पुनरगठन गरेका थिए । प्रचण्डका निकट मानिने युवा नेता अधिकारीले प्रचण्डले एमालेसंग आत्मसमर्पण गरेर जनयुद्धको गम्भीर अपमान गरेको भन्दै पार्टी पुनस्थापना गरेका थिए ।
दस्तावेजमा राष्ट्रिय मुक्ति आन्दोलन र १८१४ को सुगौली सन्धीको विशाल नेपालको परिकल्पना समेत गरिएको नेकपा माओवादीका संयोजक  बिमल अधिकारीले बताए । 
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु