तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

बेरोजगार युवा शक्तिलाई देश निर्माणको अभियानमा सरिक गराइन्छ : मन्त्री विष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १५, सोमबार ०३:४६

काठमाडौँ–सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतबार आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्बन्धी छलफलमा श्रममन्त्री गोकर्ण विष्टले काम गर्न सक्ने उमेर समूहको जनशक्तिलाई नेपालभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकारले नयाँ ढङ्गको अभियान शुरु गर्न लागेको बताए ।

उनले भने, “सरकारले युवालाई केन्द्रित गरेर ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम सबै नेपाली युवाले गौरव महसुस र साझा कार्यक्रमका रुपमा अपनत्व गर्ने गरी सञ्चालन गरिने छ ।” रोजगार कार्यक्रम अमुक विचार, पार्टी, आस्था, मान्यताको दायराभित्र सीमित नरहने दाबी गर्दै उनले आम नेपाली युवालाई समान र निश्पक्ष अवसर पैदा गर्ने गरी सञ्चालन हुने बताए । सबै युवाको क्षमता, प्रतिभा, सीप जोश जागर विकासमा पर्याप्त उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउँदै भने, “सबै नेपाली युवाले साझा कार्यक्रम र गौरव महसुस गर्ने गरी कार्यक्रम सञ्चालन गरिन्छ ।” श्रम बजारको दायरालाई फराकिलो पार्दै रोजगारीका अवसरलाई प्रशस्त बनाइने बताउँदै उनले श्रमिकलाई दक्ष र सीपयुक्त बनाइ श्रमिकको उत्पादकत्व वृद्धि गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

सीपविनाको जनशक्ति वैदेशिक रोजगारीमा नजाने गरी संरचना निर्माणको तयारीमा सरकार जुटेको जानकारी दिँदै मन्त्री विष्टले सम्पूर्ण जनशक्तिलाई सीप प्रदान गर्न विशेष कार्यक्रम ल्याइने घोषणा गरे । उनले भने, “नेपालभित्रै नेपालको जनशक्तिलाई रोजगारी दिने सरकारको प्रमुख प्राथमिकता हो । नेपाल विकासको प्रारम्भिक अवस्थामा छ, विकासका अभियान अगाडि लैजाँदा लाखौँ जनशक्ति मुलुकभित्रै उपयोगमा आउन सक्छ ।” प्रारम्भिक चरणमा एक लाखलाई रोजगारी उपलब्ध गराउने जानकारी दिँदै मन्त्री विष्टले चालू आव भित्रै लाखौँ व्यक्तिलाई रोजगार प्रदान गर्न कार्यक्रम सार्वजनिक गरिने बताए । उनले भने, “कुन क्षेत्रमा कतिको सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अध्ययनको तयारीमा लागेको छौँ । हामी यसको अन्तिम चरणमा छौँ, रोजगारीको दुनियाँमा लाखौँ युवालाई रोजगारी दिने गरी कार्यक्रम सार्वजनिक गर्छौं ।”

शिक्षित बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउनु चुनौतीपूर्ण विषय रहेको बताउँदै उनले सानो नीतिगत निर्णयले मात्रै लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्नसक्ने सम्भावना देखिएको जानकारी दिए । विकास बजेटको कम्तिमा २० प्रतिशत अनिवार्य रोजगारी सिर्जनाका लागि खर्च गर्ने गरी व्यवस्थित प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।

मन्त्री विष्टले भने, “श्रम व्यक्तिको जीवन, भविश्य, समृद्धिको महत्वपूर्ण आधार हो, श्रमलाई एकदिवसीय अभियानका रुपमा मनाउने होइन, हरेक नागरिकको जीउने कलाका रुपमा श्रमलाई सम्मान गर्ने गरी अभियान चलाउने छाँै ।” नेपालमा सजिलो काम नगर्ने तर विदेशमा जोखिमपूर्ण काम मनोवृत्तिलाई बदल्न गरी मरुभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी हात नेपाल बदल्न सक्छन् भन्ने विषयलाई पुष्टि गर्नेगरी रोजगारीका अवसर सिर्जना गरिने बताए । गरीबी र बेरोजगारी नेपालको प्रमुख चुनौती रहेको बताउँदै उनले बेरोजगारीका कारण युवा जनशक्ति बाँच्नकै लागि विदेशिन बाध्य भएको उल्लेख गरे । सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले कार्यक्रमको प्रभावकारीरुपमा कार्यान्वयन गर्न सबै पक्षको सहयोगको खाँचो औंल्याए ।
रोजगारीको अभावमा विदेश भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्न स्वदेशै रोजगारीको उपयुक्त अवसर सिर्जना गरिनुपर्नेमा युवा नेतृत्वले जोड दिएका छन् । कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका युवा सङ्घसङ्गठनका नेतृत्वले बेरोजगारीका कारण युवा वर्गमा विचलन पैदा गरेको भन्दै सरकारले तत्काल कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेलले रोजगारीका अभावमा युवाशक्ति विचलित हुँदै जाँदा सामाजिक विकृति देखिएको बताए । उनले सार्वजनिक क्षेत्रमा रोजगारीको प्रशस्त अवसर भएको उल्लेख गर्दै उनले कृषिलाई उद्योगमा रुपान्तरण गरेर लैजाँदा केही हदसम्म बेरोजगारी समस्या हल हुने बताए । युवा जनशक्तिको सहभागितामा ‘विकास दस्ता’ निर्माण गरेर ठूला आयोजना निर्माण गर्न सरकारलाई सुझाव दिँदै उनले विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगाउनसके विदेश पलायन रोक्न सकिने बताए ।

योङ कम्युनिष्ट लिग (वाइसिएल) का सचिव विश्वास डिसीले जनतालाई उत्साह पैदा गर्ने कार्यक्रम ल्याउन सुझाव दिँदै रोजगारी सिर्जनाको अवसरलाई प्राथमिकीकरण गर्नुपर्ने बताए । उनले बढ्दो विदेश पलायन रोक्न प्रभावकारी र आकर्षक कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएको बताए । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम कार्कीले राष्ट्रिय गौरवका आयोजनामा युवाको सहभागिता सुनिश्चित गर्नसके आयोजनाप्रति अपनत्व पनि बढ्ने र बेरोजगारीको समस्या हल हुने बताए । निजी क्षेत्रका व्यवसायीले व्यवसाय दर्ताको बखत कतिको सङ्ख्यामा रोजगारी उपलब्ध गराउन सकिन्छ भनी उल्लेख गर्नुपर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताए ।

सङ्घीय समाजवादी फोरम नेपालको युवा सङ्गठनका सचिव सान्तकुमार राईले साना उद्यमी तथा निजी क्षेत्रलाई लगानीकर्तालाई राज्यले सहयोग गरी धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्न उद्योगीलाई प्रोत्साहित गर्नुपर्ने बताए । राष्ट्रिय जनता पार्टी नेपालका युवा सङ्गठनका रञ्जीतकुमार सिंहले शिक्षित बेरोजगारको सङ्ख्या बढिरहेको सन्दर्भ र वैदेशिक रोजगरीलाई न्यूनीकरण गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम महत्वपूर्ण हुने बताए । प्रत्येक स्थानीय तहमा हुने विकासे आयोजनालाई सोही क्षेत्रका युवालाई सहभागी गराएर रोजगारी दिन सकिने बताए ।
कार्यक्रममा श्रम मन्त्रालय उपसचिव डा लोकनाथ भुसालले बेरोजगार व्यक्तिलाई न्यूनतम् रोजगारीको प्रत्याभूति गराउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको बताए । रोजगार कार्यक्रमले उत्पादनशील रोजगारी, रोजगारीको अवसर तथा सेवाको न्यायपूर्ण र सहज वितरण गरी जीवनयापनमा सहजता एवं गरीबी निवारणमा सहयोग पु¥याइ समृद्धि हासिल गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु