दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

कतारको एक प्रतिष्ठित कम्पनीद्धारा दुई नेपाली दाजुभाईलाई नगद इनाम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार ०४:३५

कतार– सिन्धुपाल्चोकका सहोदर दाजुभाई छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले कतारमा जनही १५ हजार रियाल इनाम पाएका छन् । आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन् ।

सन् २००८ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका श्रेष्ठ दाजुभाइहरुमध्ये छटट बहादुर कार्पेन्टर, मेसन, स्काफोल्डर, स्टील फिक्स्चर लगायतको काममा दक्षता हासिल गरी सक्षम ट्रेड वर्कर भइसकेका छन् । नेपालमा एउटा गार्मेन्ट कम्पनीमा काम गरिरहेका दुई छोरा र चार छोरीका बाबु छटटबहादुर आफनो आर्थिक अवस्थामा सुधार नभएपछि उनी अल नासर कम्पनीमा आएका हुन् । यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका छटट बहादुरले कम्पनीको मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराई भुमिमा भएजस्तो पनि नलागेको बताए ।

यस कम्पनीमा आएपछि आफनो आर्थिक अवस्था समेत सुधार भएको र सम्पुर्ण सिप पनि जानेको बताउदै छटट बहादुरले आफुले प्राप्त गरेको इनाम रकम २०७२ को भुकम्पले भत्काएको घर मर्मतसम्भारमा खर्च गर्ने बताए । छटट बहादुरका विवाहित एउटा छोरा नेपालमै जागिर खादैछन् भने कान्छो छोरो गाउँकै राम्रो विद्यालयमा अध्ययन गरिरहेका छन् । उनले आफना सवै छोरीको पनि विवाह गरिदिइसकेका छन् ।
अर्का १५ हजार रियाल इनाम पाउने भाग्यमानी छटटबहादुरका भाइ सोम बहादुरपनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले सोमबहादुर स्काफोल्डीङका टिम लिडर भइसकेका छन् । अल नासर इन्तरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना दुई बालवच्चाको पढाइ साथै श्रीमतिको लागि खर्चपानी जुटाएको मात्र होइन गाउँमै नया घरजग्गा समेत जोडी सकेका छन् ।

कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको बताउँदै सोमबहादुरले नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । यो रकम आफनो लागि ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराहरुको पढाइमा खर्च गर्ने उनले बताए । नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पुर्ण विश्वास लागेको दुवै दाजुभाईको भनाई थियो ।

कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै यस्तै पुरस्कार, इनामहरुबाट लाभान्वित प्रदान गर्दै आएका छन् । कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेका छन् । उनले २०७२ को आमविनासकारी महाभुकम्पले भत्काएको आफना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपैयाभन्दा बढी रकम समेत कम्पनीका मालिकले सहयोग दिएका थिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु