काठमाडौं–मेनपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार ब्यवसायी संघ १७ बुदेँ मागसहित आन्दोलनको घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रलाई सुधारका नाममा ‘डामाडोल’ पारेको भन्दै संघले आन्दोलनको घोषणा गेको हो । संघले आइतबार बिज्ञप्ति सार्बजनिक गरेसँगै नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार फोरमका अध्यक्ष हंसराज वाग्लेले संघका पदाधिकारीले पद बचाउन आन्दोलनको नाटक रचेको प्रतिक्रिया दिएका छन् । वैदेशिक रोजगार ब्यबसायी फोरमले वैदेशिक रोजगार क्षेत्रमा देखिएका नितीगत समस्याहरु समाधान गरि यस क्षेत्रलाई सरल, अझ सुरक्षित र ब्यबस्थित गर्न संघ र सरकारलाई लामो समय देखि अनुरोध गर्दै आइरहेपनि सरकारले भने एकतर्फी निर्णय गर्दै आइरहेको भन्दै फोरम आन्दोलनको तयारीमा जुटेर व्यवसायी भेला बोलाइसकेको अबस्थामा संघका अध्यछ रोहन गुरुङले पद बचाउन फेरी आन्दोलनको घोषणाको नाममा व्यवसायीलाई फसाउन खोजेको वाग्लेले दाबी गरे ।
वाग्लेले ‘फोरमले आन्दोलनको खाका तयार बनाइसकेको अबस्थामा संघले व्यवसायीहरुको भेला बोलाउनु भनेको कुर्सी बचाउन गरिएको खेल मात्रै हो’, वाग्लेले भने । संघले सरकारले व्यवसायीलाई साहै्र पेलेको भन्दै १७ बुदेँ माग अघि सारेको छ । वैदेशिक रोजगारलाई ब्यबस्थित गर्ने नाममा केहि समयदेखि सरकारले एकलौटी ढंगले आक्रमण गरिरहेकोप्रति संघ गम्भीर खेद प्रकट गर्दछ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । २०७५ मङ्सिर २५ गते भित्र मागहरू सम्बोधन नभएको खण्डमा अनिश्चित समय वैदेशिक रोजगारमा कामदार पठाउन स्थगित गरिने संघका अध्यक्ष रोहन गुरुङले बताए ।
यता वाग्लेले भने गुरुङले पद बचाउनलाई आन्दोलनको नाटक रचेकाले व्यवसायीलाई सचेत हुन आग्रह गरे । वाग्लेले अब पनि बेबसायी संघको आस्वासनमा लागेर बसे भने व्यवसायबाट हात धुनुको बिकल्प नरहने दाबी गरे । उनले मलेसियाको रोजगारी जेठ २ गतेदेखि बन्द हुँदा, अन्य खाडी मुलुकका देशहरुमा राजदूताबास प्रमाणीकरणका नाममा रोजगारी तहसनहस पार्दा, संघकै केही पदाधिकारीको पहलमा धरौटी बढाउने तयारी गर्दा, सरकारको गलत शैलीको जुन व्यवसायीले बिरोध गर्छन ती व्यवसायीलाई बिभाग लगाएर कारबाही गराउँदा समेत मौन बसेको संघले अहिले किन आन्दोलनको नाटक गरेको भन्दै प्रश्न गरे । ‘फोरमको आन्दोलनका कारण सरकार पछि हटेको र फोरमले आन्दोलन घोषणा गरि संघका पदाधिकारीको राजिनामा मागेपछि पद बचाउन संघले आन्दोलनको घोषणा गरेको हो । यस्ता झुट्टा आश्वासनमा व्यवसायी पर्ने छैनन र अब आन्दोलनबाटै संघको नेत्तृत्व परिबर्तन गरि व्यवसायीको हितमा काम गर्ने टीम आउनुपर्छ’, वाग्लेले भने ।
श्राेतः janasawal.com