काठमाडौं–नेकपाका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले पार्टी माक्र्सवादी सिद्धान्त र चिन्तनबाट विच्चलित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले पार्टीभित्रको बैचारिक र साँस्कृतिक कमजोरी तथा बढ्दै गएको भ्रष्टाचारप्रति असन्तुष्टी जाहेर गरे । पछिल्लो समय पार्टी्भित्र माक्र्सवाद र लेनिनवादको सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धति कमजोर बन्दै गएको भन्दै उनले समयमै वैचारिक बहस नचलाउने हो भने कम्युनिष्ट पार्टी नाम मात्रमा सिमिति हुने खतरा औंल्याए ।
सत्तारुढ दलकै शीर्ष नेता श्रेष्ठले सरकार काममा भन्दा अर्मुत नारामा सिमिति भएको टिप्पणी गरे । उनले पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भईसकेको बताए । उनले भने, ‘मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारी बाहेक अरु बसलाई म सफाय गर्दिन्छु । त्यसरी भ्रष्टाचार विरोधी आन्दोलन हुँदैन ।
त्यसरी कम्युनिष्ट आन्दोलन चल्दैन । माक्र्सका अनुसार क्रान्तिको पहिलो निशाना आफू हो ।’ दैनिक रुपमा दक्ष युवाहरु विदेशिने क्रम बढ्दै गएको भन्दै उनले अर्मुत नारा दिएर मात्रै क्रान्ति नहुने बताए । दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक रुपमा विस्तार गर्दै सामाजिक न्यायसहितको सम्वृद्धि हासिल गरि समाजवाद उन्मुख सम्वृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा चिनियाँ कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण योगदान रहेको जिकिर गरे । कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट आन्दोलनले विश्वको शक्ति सन्तुलनमा परिवर्तन ल्याएको र त्यसले चिनियाँ जनताका लागि मात्रै नभई बाह्य हस्तक्षेप रोकेर समृद्ध नेपाल बनाउने अभियानमा थप सहयोग गरेको बताए । समाजवादी मञ्च नेपालका अध्यक्ष नरेन्द्रजङ्ग पिटरले चीनले आफ्ना लागि आफैँ लड्नुपर्छ भन्ने सन्देश दिएको छ भने । जनवादी गायक जीवन शर्माले आजको दिन चीनका लागि मात्रै नभई नेपालका लागि समेत महत्वपूर्ण दिन भएको बताए । ‘लेफ्ट रिभ्यु अनलाइन’का निर्देशक तथा
माधव नेपाललाई प्रचण्डकोे फोन
काठमाडौं(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आइतबार विहान बरिष्ठ नेता माधव नेपाललाई फोन सम्पर्क गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधब नेपालबीच वाकयुद्ध चलिरहेका बेला ३ दिने सिँगापुर भ्रमणमा रहेका प्रचण्डले फोन सम्पर्क गरेका हुन् । उनीहरुवीच नेपालको सरोकारबारे फोनमा कुरा भएको थियो । नेता नेपाल चीन भ्रमणमा जाने तयारीमा रहेका छन ।
बरिष्ठ नेता नेपाललाई अध्यक्ष प्रचण्डले सिँगापुरबाटै फोन गरेका थिए । ५ असोजको केन्द्रीय सचिवालय बैठक र त्यो बैठकले गरेका निर्णयबारे नेता नेपालले आफ्नो अनुपस्थितिमा केन्द्रीय सचिवालय बैठक डाकिएको र सचिवालयले विधान विपरित निर्णय गरेकोमा आफ्नो असहमति रहेपनि पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्नेमा नेपालले जोड दिएका थिए ।
स्रोतका अनुसार, असोज ५ को निर्णयप्रति नेपालले जनाएको सरोकार जायज रहेको बताउँदै प्रचण्डले त्यसै दिन निर्णय गर्ने पक्षमा आफूपनि नरहेको, तर परिस्थितिबस निर्णय गर्नु परेको बताएका थिए । प्रचण्ड–नेपालबीच फोनवार्ता भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले पनि पुष्टि गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै रिजालले प्रचण्ड–नेपालबीच सकरात्मकक फोनवार्ता भएको उल्लेख गरेका छन् ।
श्राेतः janasawal.com